इमरान खान पाकिस्तानको प्रधानमन्त्रीबाट च्यूत
काठमाडाैँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान सत्ताच्युत भएका छन्।
शनिबार अबेर राति संसदमा अविश्वास प्रस्तावमाथि भएको मतदानमा उनले आवश्यक सांसदको साथ पाउन सकेनन् ।
विपक्षीले दर्ता गरेको अविश्वासको मतको पक्षमा आवश्यक मत परेको हो।
६९ वर्षका इमरान खान अविश्वास प्रस्ताव मार्फत सत्ताच्यूत हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री बनेका छन्।
यसअघि उपसभामुखले अविश्वास प्रस्तावलाई संविधान विपरित भनेर मतदान प्रक्रिया रोकेका थिए। यस्तै प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेका थिए । तर सर्वोच्च अदालतले दुवै निर्णय बदर गरेपछि शनिबार मध्य रातमा मतदान भएको हो ।
खानले विपक्षी नेतृत्वको सरकारलाई आफूले मान्यता नदिने बताएका छन् । आफूलाई सत्ताबाट हटाउनका लागि अमेरिकाको नेतृत्वमा अभियान चलेको उनले आरोप लगाउँदै आएका छन् । तर त्यसका लागि खानले कुनै प्रमाण भने दिएका छैनन् ।
संसदले अब नयाँ प्रधानमन्त्री नियुक्त गर्ने छ। सोमबार नयाँ नेता छान्नका लागि पाकिस्तानी संसदमा मतदान हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ बन्ने प्रधानमन्त्रीले सन् २०२३ को अक्टोबरसम्म देशको नेतृत्व गर्ने छन् । त्यसपछि नयाँ चुनाव हुनेछ ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












