बजारमा हल्ला चलेजस्तो नेपालको अर्थतन्त्र नाजुक छैनः मुख्यसचिव बैरागी
काठमाडाैँ । नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले बजारमा हल्ला चलेजस्तो नेपालको अर्थतन्त्र नाजुक नरहेको स्पष्ट पारेका छन् ।
सोमवार नेपाल उद्योग वाणिज्य महासंघको ५६औं साधारण सभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रको अवस्था हल्ला चलेजस्तो त्यति नाजुक नरहेको बताएका हुन् ।
‘बजारमा हल्ला चलेजस्तो त्यति नाजुक छैन अवस्था,’ मुख्यसचिव वैरागीले भने, ‘निजी क्षेत्रलाई हतोत्साहित नहुन, नअत्तालिन आग्रह गर्छु ।’
सरकार निजी क्षेत्रसँग खुला हृदयले छलफल गरेर अगाडि बढ्न तत्पर र प्रतिबद्ध रहेको समेत उनले बताए ।
पेट्रोलियम पदार्थको मूल्यमा भएको उच्च वृद्धि, विदेशी लगानीमा प्रतिबद्धताअनुरूप लगानी नआइरहेको अवस्था, पर्यटन क्षेत्र सोचेजति अगाडि नबढ्नु जस्ता कारणले विदेशी मुद्रा सञ्चितिमा सुधार आउन नसकेको मुख्यसचिव वैरागीले बताए ।
लगानी भित्र्याउनका लागि वातावरण सहज बनाउन सरकार प्रतिबद्ध रहेको उनले बताए । कार्यक्रममा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले निजी क्षेत्र र सरकार मिलेर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हालसम्म नभोगेको २ किसिमको विपत्ति भोगेको स्मरण गरेका छन् । भूकम्पले थलिएको अर्थतन्त्र तंग्रिँन नपाउँदै कोरोनाले निकै तहसनहस बनाएको उल्लेख गरे ।
‘यस्तो अवस्थामा निजी क्षेत्र पुनः उठ्नुपर्नेछ, त्यसका लागि सरकारको खाँचो छ,’ उनले भने । पछिल्लो समय उत्साहजनक हिसाबले अर्थतन्त्र चलायमान भइरहँदा अर्थतन्त्रले थेग्न नसकेको बताए ।
बिस्तारै पर्यटन क्षेत्र चलायमान हुँदै जाँदा विदेशी मुद्रा सञ्चितिमा सहयोग पुग्ने उनको विश्वास छ । मुलुक श्रीलंका जस्तो नबनेको बताउँदै उनले सरकारले यसबाट बच्न काम गर्नुपर्नेमा जोड दिए ।
‘हामी श्रीलंका होइन, समृद्ध नेपाल बन्छौं,’ उनले भने । उनले सरकारले सहयोग गरेमा मुलुक छिटो आर्थिक विकासमा अगाडि बढ्ने बताए ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












