स्थानीय तहको निर्वाचन ‘न्यू इयर रिजुलुसन’ हो : प्रमुख थपलिया
काठमाडौं प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तह निर्वाचन लैङ्गिक तथा समावेशी दृष्टिकोणले पनि उल्लेखनीय हुनुपर्छ भन्ने आयोगको स्पष्ट धारणा रहेको बताएका छन्।
नयाँ वर्षको उपलक्ष्यमा दिएकाे शुभकामना सन्देशमा उनले सम्पूर्ण बालिग मतदाता एवं देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै निर्वाचनको महोत्सवमा सहभागी हुन आग्रह गरेका छन्।
प्रमुख आयुक्त थपलियाले सन्देशमा भनेका छन्, ‘राजनीतिक दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिला उम्मेदवारलाई मनोनयनमा प्राथमिकता दिनुपर्ने भनी कानूनको पालनामा जोड दिइएको व्यहोरा पुनः स्मरण गराउन चाहन्छु। यसबाट स्थानीय तहको निर्वाचनमा महिला सहभागिता र प्रतिनिधित्व उल्लेखनीय हुनेछ भन्नेमा आयोग विश्वस्त छ।’
स्थानीय तहमा लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुनेगरी उम्मेदवार मनोनयनको व्यवस्था गर्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका ७९ राजनीतिक दललाई आयोगले पत्राचार गरिसकेको छ।
आगामी स्थानीय तहको निर्वाचन राष्ट्रिय जीवनको सबैभन्दा महत्वपूर्ण ‘न्यू इयर रिजुलुसन’ भएको बताउँदै उनले निर्वाचनलाई उत्सवका रूपमा लिएर मतदानमा सहभागी हुनु बालिग मतदाताको अधिकार र कर्तव्य दुवै हो भन्ने बिर्सनु नहुने बताएका छन्।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने जिम्मेवारीबाट निर्वाचनमा भाग लिने राजनीतिक दल एवं उम्मेदवार मुक्त हुन हुँदैन भन्दै प्रमुख आयुक्त थपलियाले राजनीतिक दल एवं उम्मेदवारबाट नयाँ वर्षमा गर्ने विभिन्न प्रतिबद्धतामा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने बुँदा छुट्ने छैन भन्ने विश्वास व्यक्त गरे।
सन्देशमा भनिएको छ, ‘नयाँ वर्षको सुरुआतसँगै नागरिकलाई घरदैलोमै सेवा पुर्याउने तथा जनताको नजिकको सरकार भनेर चिनिने ७५३ स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुनिने यो अवसरलाई सबै मतदाताले आफ्नो मतको महत्व बुझेर अमूल्य मताधिकार प्रयोग गर्न म सम्पूर्ण मतदाता समक्ष आग्रह गर्दछु।’
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












