सङ्घीय राजधानी काठमाडौंमा स्थानीय तह निर्वाचनको चहलपहल
सङ्घीय राजधानी काठमाडौँमा स्थानीय तहको निर्वाचनको चहलपहल बढ्न थालेको छ ।
दलका नेता कार्यकर्ता बैठकमा व्यस्त छन् । दलका स्थानीय तह, जिल्ला, प्रदेश र कन्द्रीय तहका संयन्त्र कसलाई कुन तहमा चुनाव लडाउने भन्ने गृहकार्यमा लागेका छन् । चोक, चौतारा एवं चिया पसलमा निर्वाचनको बहसले प्राथमिकता पाएको छ । विभिन्न तहमा क्रियाशील राजनीतिक नेता, कार्यकर्ता टिकटका लागि दौडधुपमा लागेका छन् । काठमाडौँमा एक महानगर र १० नगरपालिका रहेका छन् ।
सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिले आज काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाका प्रमुखको निर्णय गर्न बैठक बोलाएको जनाइएको छ । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले भने शनिबार महानगरपालिकामा पार्टीका तर्फबाट चुनाव लड्नेको अन्तिम निर्णय गर्ने जनाइएको छ । अन्य नगरपालिकाका नेतृत्वको टिकट भने प्रदेश समितिले दिनेछन् । वडा तहको निर्णय पार्टीका जिल्ला संयन्त्रले गर्ने जनाइएको छ ।
राजधानीका काठमाडौँ महानगरपालिका, शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी, कीर्तिपुर र दक्षिणकाली नगरपालिकामा निर्वाचन कार्यालय बिहीबारदेखि स्थापना भइसकेको छ । महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृह र अन्य नगरपालिकाको कार्यालय सम्बन्धित नगरपालिकामा गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँका सूचना अधिकारी समिता बस्नेतले राससलाई जानकारी दिनुभयो । निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको कार्यतालिका तोकिएको छ ।
काठमाडौँमा छ लाख ३७ हजार ७७५ मतदाता छन् । त्यसमा तीन लाख २९ हजार ५४५ महिला, तीन लाख आठ हजार २२१ पुरुष र नौ अन्य मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












