एमालेको प्रतिवद्धता ‘ग’ वर्गका अपाङ्गता र ६० वर्षमाथिका एकल पुरुषलाई पनि भत्ता
काठमाडाैं । नेकपा (एमाले)ले ‘ग’ वर्गका अपाङ्गता भएका र ६० वर्षभन्दा माथिका एकल पुरुषलाई पनि भत्ता दिने प्रतिवद्धता जनाएकाे छ । बेसीशहर नगर कमिटीले स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा यस्तो उल्लेख छ ।
संघीय सरकारले एकल महिलालाई र अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गलाई भत्ता दिने गरेपनि एमाले नगर कमिटीले सार्वजनिक गरेको प्रतिवद्धतामा बेसीशहरमा ‘ग’ वर्गका अपाङ्गता भएका र ६० वर्षभन्दा माथिका एकल पुरुषलाई पनि भत्ता दिने दाबी गरेकाे हाे ।
‘नेकपा (एमाले) को रहर, सुखी र समृद्ध बेसीशहर’ भन्ने नाराका साथ सार्वजनिक गरिएको प्रतिवद्धतापत्रमा विपन्नलाई उत्पादनका साधन दिलाउने सामाजिक सुरक्षाको व्यवस्था गरिने, निर्माण क्षेत्रमा अधिकतम रोजगारी सिर्जना हुनेगरी श्रमप्रधान प्रविधिको प्रयोग गरिने, श्रम गर्नसक्ने र चाहनेलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध गरिने, स्वरोजगारका लागि लघुउद्यम तथा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रम तय गरिने, वैदेशिक रोजगारीमा जानेका लागि न्यूनतम सीपमुलक तालिम दिने र विदेशबाट फर्केका व्यक्तिको ज्ञान, सीप र पुँजिको सदुपयोग गर्ने सम्बन्धी कार्यक्रम तय गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
कानुन, तथा योजना तर्जुमा एवं कार्यान्वयन बेसीशहर नगरपालिका सञ्चालनका लागि आवश्यक पर्ने ऐन तथा कानुन, नियमावली, निर्देशिका, कार्यविधि निर्माण तथा संशोधन गरी स्थानीय शासन सञ्चालन ऐनको आधारमा योजना तर्जुमा र कार्यान्वयन गरिने उल्लेख छ ।
नगरपालिका नगरस्तरीय डिजिटल प्रोफाइल तयार गरी तथ्यांककलाई अद्यावधिक गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ । शिक्षा क्षेत्रमा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमध्येबाट नमुना विद्यालय छनाेट गरी प्रोत्साहन गरिने, शिक्षकलाई बालमैत्री तालिमको व्यवस्था गरी शिक्षण सिकाई प्रक्रियामा गुणस्तरिय कायम गरिने भनिएकाे छ ।
आधारभुत स्वास्थ्य सेवामा नागरिकको मौलिक हक सुनिश्चित गरिने, स्वास्थ्यका लागि हानिकारक खाद्यपदार्थको नियमन, सबै खाद्यवस्तुको मापदण्ड निर्धारण र गुणस्तर अनुगमन गरिने, समय समयमा स्वास्थ्य सेवा शिविर संचालन, प्रजनन स्वास्थ्य र पोषण सेवासम्बन्धी कार्यहरु सञ्चालन गरिने लगायतका अन्य प्रतिवद्धता उल्लेख गरिएको छ ।
फोहोरमैला व्यवस्थापन र सरसफाइतर्फ फोहोरमैला व्यवस्थापनको गुरुयोजना तर्जुमा गरी वैज्ञानिक तथा दीर्घकालीन रुपको ल्यान्डफिल साइटको व्यवस्थापन गरिने, फोहोरमैला व्यवस्थापन र सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । विद्युतीकरण र वैकल्पिक उर्जा, जलस्राेत तथा सिंचाइ पूर्वाधार, सडक तथा यातायात, आवास व्यवस्था, कृषि क्षेत्रतर्फ कृषिमा आधुनिकिरण र प्रविधिको उपयोग गरी स्मार्ट विधिमा विकास गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











