कहीँ नभएको जात्रा केपी ओलीको पालामा देखियो: माधव नेपाल
काठमाडाैं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले कहीँ नभएको जात्रा केपी ओलीको पालामा भएको बताएका छन् । काठमाडाैंमा शुक्रबार आयाेजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको पालामा जात्रै जात्रा भएको बताए ।
‘पाँच वर्षपछि सकिने आयोजनाको आजै उद्घाटन गर्ने । ३०० अस्पतालका भवन आजै उद्घाटन गरिदिने । कहीँ नभएको जात्रा जस्तो सबै एकैदिनमा गर्न खोज्ने । कहीँ नभएको जात्रा केपी ओलीको पालामा भयो,’ अध्यक्ष नेपालले भने ।
पाँच दलले उठाएका काठमाडौं महानगरका मेयर र उपमेयरले काठमाडौंको विकासका लागि उत्कृष्ट विचार अघि सारेको बताए । ‘गठबन्धनका उम्मेदवार एकदमै राम्रो विचार भएका छन् । आफूले नसक्ने काम विज्ञमार्फत गर्छु भन्नुभएको छ । यो अत्यन्तै उत्कृष्ट विचार हो,’ अध्यक्ष नेपालले भने ।
सिंगो काठमाडौंलाई ध्यानमा राखेर स्मार्ट सिटी बनाउनुपर्ने उनको भनाइ छ । कतिपय कामहरू एउटै जिल्ला र पालिकाले मात्र गर्न नसक्ने भन्दै त्यसका लागि समन्वयकारी भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने बताए ।
गफ नभएर काम गरेर जनताको मन जित्नुपर्नेमा जोड दिए । गठबन्धनतर्फका उम्मेदवारलाई इमान्दार भएर जनताको काममा समर्पित हुनसमेत आग्रह गरे । दम्भले कहिल्यै पनि नहुने भन्दै गफ र दम्भका साथ अघि बढ्दा जनतालाई मुर्ख बनाउन मात्रै सकिने तर, काम गर्न नसकिने उनले बताए ।
काठमाडौंको लागि योजना बनाउँदा ५० वर्षलाई ध्यानमा राखेर बनाउनुपर्ने बताउँदै उनले फिलिपिन्सको विकासको मोडल समेत स्मरण गराए ।
फोहोरमैला व्यवस्थापनको समस्या काठमाडौंको मात्र नभएको भन्दै उनले भने, ‘यो समस्या काठमाडौंको मात्र होइन् । सबै सहरमा छ । यसलाई व्यवस्थापन गर्न कसरी सकिन्छ । त्यसका लागि अन्य देशमा के गरिरहेका छन् । त्यसलाई पनि अध्ययन गर्नुहोला ।’
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...












