सिन्धुपाल्चोकको सबै तहको परिणाम आयाे, कांग्रेस पाँच, माओवादी चार, एमाले तीन
सिन्धुपाल्चोक । १२ स्थानीय तह र १०३ वडा रहेको सिन्धुपाल्चोकमा स्थानीय निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
कांग्रेसले बाह्रविसे नगरपालिका, मेलम्ची नगरपालिका, भोटेकोसी गाउँपालिका, हेलम्बु गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जितेको छ । माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका र जुगल गाउँपालिका जितेको छ । एमालेले इन्द्रावती गाउँपालिका, सुनकोसी गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका जितेको छ ।
जिल्लाका १०३ वडामध्ये कांग्रेसले ५३, एमालेले ३६, माओवादीले ११, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र उम्मेदवारले एक-एक वडा जितेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा हेलम्बु गाउँपालिका अध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् ।
चौतारा साँगाचोकगढी प्रमुखमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा ११ हजार ७२ मत ल्याएर निर्वाचित भए । उपप्रमुखमा एकीकृत समाजवादीकी सीता थापा नाै हजार ७२६ मत ल्याएर निर्वाचित भएकी छन् । नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको थियो ।
बाह्रविसे प्रमुखमा कांग्रेसका बालकृष्ण बस्नेत सात हजार ७२८ मत ल्याएर निर्वाचित भए । उपप्रमुखमा नेपाली कांग्रेसकै मञ्जु तामाङ ६ हजार ९७७ मत ल्याएर निर्वाचित भइन् ।
मेलम्ची प्रमुखमा कांग्रेसका आइतमान तामाङ ११ हजार २५८ मत ल्याएर निर्वाचित भएका छन् । उपप्रमुखमा एमालेकी उमा प्रधानले १० हजार १६४ मत ल्याएर विजयी हासिल गरिन् । नगरपालिकामा कांग्रेस र राप्रपाबीच गठबन्धन भएको थियो ।
जुगल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रेशम स्याङ्बो पाँच हजार ५०३ मत प्राप्त गरी विजयी हासिल गरेका छन् । उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ चार हजार ६८९ मत ल्याएर विजयी भए । पालिकामा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको थियो ।
त्रिपुरासुन्दरी अध्यक्षमा कांग्रेसका भक्तध्वज बोहरा चार हजार २२९ मत ल्याए भने उपाध्यक्षमा कांग्रेसकै गीताकुमारी नेपाल चार हजार १५६ मत ल्याएर विजयी भइन् ।
पाँचपोखरी थाङपाल मा माओवादी र कांग्रेस गठबन्धनलाई हराउँदै अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएकाे छ । अध्यक्षमा टासी लामा पाँच हजार ६०८ र एमालेकै सुनिता अधिकारीले पाँच हजार ७२२ मत ल्याएर निर्वाचित भएकी छन् । यहाँ अध्यक्ष/उपाध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् ।
बलेफी अध्यक्षमा माओवादी केन्द्रका गंगाबहादुर तामाङले चार हजार ६६६ मत प्राप्त गरे भने उपाध्यक्षमा कांग्रेसकी सरु लामा तामाङ चार हजार ३९४ मत ल्याएर निर्वाचित भएका छन् । यहाँ माओवादी केन्द्र र समाजवादीबीच तालमेल भएको थियो ।
भोटेकोसी अध्यक्षमा कांग्रेसका पासाङ नुर्पु शेर्पाले दुई हजार ६०५ मत ल्याए भने उपाध्यक्ष कांग्रेसकै दिछेन शेर्पा दुई हजार ७१२ मत ल्याई निर्वाचित भएका छन् ।
इन्द्रावती अध्यक्षमा एमालेका झम्कनाथ नेपाल सात हजार १२७ मत ल्याएर विजयी भए । उपाध्यक्षमा एमालेकै शोभना तामाङ ६ हजार ५१३ मत ल्याई निर्वाचित भइन् ।
लिसंखुपाखर अध्यक्षमा माओवादी केन्द्रका राजु लामा तामाङ तीन हजार ९२५ मत ल्याएर निर्वाचित भए । उपाध्यक्षमा एमालेकी मिठू देवी लामाले ३२ सय ५१ मत ल्याइन् ।
सुनकोसी अध्यक्षमा एमालेका टपिन्द्रप्रसाद तिमल्सिनाले ५९ सय ३२ मत ल्याए । उपाध्यक्षमा कांग्रेसकी कान्छी लामा पाँच हजार ९०५ मत ल्याई विजयी भइन् । पालिकामा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।
हेलम्बु अध्यक्षमा कांग्रेसका निमा ग्याजेन शेर्पाले ५३ सय ८६ मत ल्याई विजयी हासिल । उपाध्यक्षमा कांग्रेसकै अप्सरा लम्साल लामिछानेले ५२ सय १४ ल्याई विजयी भइन् । यहाँ अध्यक्षमा पुरानै अनुहार दोहोरिएको हो ।
उपप्रमुख पदमा सिन्धुपाल्चोकमा एक अनुहार दोहोरिएको छ भने अरु नयाँ निर्वाचित भएका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकामा सुनिता अधिकारीलाई जनताले फेरि उपाध्यक्षमा चुनेका छन् । बाह्रविसेमा सुशीला पाख्रिनलाई उपप्रमुखक लागि फेरि एमालेले दोहोर्याए पनि उनी पराजित हुनुपर्याे ।
लिसंखु प्रमुख माओवादीले जित्दा उपप्रमुख भने एमालेबाट मिठुदेवी लामा निर्वाचित भइन् । सुनकोसीमा एमालेका टपेन्द्र तिमल्सिनाले अध्यक्ष पद जित्दा उपाध्यक्षमा कांग्रेसकी कान्छी लामाले जितिन् । बलेफीमा माओवादीले अध्यक्ष आफ्नो पोल्टामा पाउँदा उपप्रमुखमा कांग्रेसकी सरु लामा तामाङ निर्वाचित भइन् । मेलम्चीमा कांग्रेसका आइतमान तामाङ प्रमुख पदमा विजयी हुँदा उमा प्रधान एमालेबाट निर्वाचित भइन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...












