राजनीतिक दलहरुमा युवाशक्तिको खाँचो छः अध्यक्ष नेपाल
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरुमा देशलाई जोश, जागर र आँट भएका युवाशक्तिको खाँचो भएको बताएका छन् ।
सो पार्टीको मकवानपुर जिल्ला कमिटिको आयोजनामा आज हेटौँडामा पार्टीका तर्फबाट गठबन्धनका हेटौँडा उपमहानगरपालिकाको प्रमुख पदमा निर्वाचित मीना लामा, गठबन्धनका नेपाली कांग्रेसका उपप्रमुख पदमा निर्वाचित राजेश बानियाँ तथा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्ष र वडा सदस्यलाई निर्वाचित भएकोमा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष नेपालले सो धारणा व्यक्त गरेका हुन् ।
उनले हेटौँडा उपमहानगरपालिका, पोखरा महानगरपालिका, रौतहट जिल्लामा भएका नगरपालिका, गाउँ पालिकालगायतका देशको अन्य तहमा पनि पार्टीका उम्मेदवार विजयी भएका पालिकामा अब योजनाबद्ध ढङ्गले जनताका अपेक्षा, सरोकारका विषयमा र विकास निर्माणका विषयमा जनतासँगनै मिलेर काम गर्न अनुरोध गरे ।
अध्यक्ष नेपालले स्थानीय तहमा सामाजिक न्याय ,सामाजिक समानता, विकास तथा समृद्धिको उद्देश्य पूरा गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
यसैगरी नवनिर्वाचित हेटौँडा उपमहानगरपालिकाका प्रमुख लामाले निर्वाचित भएर पहिलो काम विपन्न वर्गलाइ स्वास्थ्य बीमा निःशुल्क गर्ने तथा अस्पतालमा लैजान एम्बुलेन्स निःशुल्क गर्ने व्यवस्था सुरु गरेको जानकारी दिए । प्रमुख लामाले अब सामाजिक सेवा ,स्वास्थ्य सेवा ,शिक्षा तथा पूर्वाधार निर्माण तर्फ विशेष ध्यान केन्द्रित गरेर काम गर्ने बताए ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











