बजेटमा चितवन ः सडक, पुल, रङ्गशाला, तटबन्ध र अस्पताल
काठमाडाैं । आर्थिक वर्ष २०७९÷०८० को बजेट वक्तव्य चितवनका ठूला पूर्वाधार प्राथमिकतामा परेका छन् । बजेटमा सडक, पुल, रङ्गशाला, तटबन्धन, अस्पताल, रिक्रियशन सेन्टर, पेट्रोलियम पाइपलाइनजस्ता आयोजनामा बजेट विनियोजन भएको हो । बजेटमा काठमाडौँबाट चितवन यात्रा एक घण्टाभित्र सकिने गरी द्रुत मार्ग निर्माण गरिने उल्लेख छ । चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुत मार्ग पहिलो चरणमा निर्माण गरिने उल्लेख छ ।
यस्तै चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रुतमार्ग निधि क्षेत्रको लगानीमा निर्माण गर्न लगानीबोर्डमार्फत प्रक्रिया अघि बढाईने उल्लेख छ । यस्तै पथलैया–हेटौँडा–नारायणगढ सडक विस्तार गरिने बजेटमा उल्लेख गरिएको छ । नागढुङ्गा–नौबीसे–मुग्लिन र मुग्लिन–पोखरासम्मको सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । यो दुई सडक खण्डको चितवन हुँदै जाने सडक हुन् ।
बजेटमा नारायणगढस्थित नारायणी नदीमा बहुउद्देश्यीय सिग्नेचर पुल निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ । चितवनको रामपुरमा निर्माणा रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम पूरा गरिने भएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको उक्त रङ्गशाला बजेट अभाव भएपछि निर्माण कार्य रोकिएको थियो । बजेटमा प्रदेश र स्थानीय तहको साझेदारीमा रङ्गशालाको काम अघि बढाउने उल्लेख छ ।
नारायणी नदीमा सहरी करिडोरका रुपमा तटबन्ध निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ । नदीको वहाव नियन्त्रणको कार्ययोजना बनाइ कटान र डुबान नियन्त्रण गर्ने उल्लेख छ ।
चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने बजेटमा उल्लेख छ । अर्थमन्त्री शर्माले चितवनको शक्तिखोरलगायतका सम्भावित क्षेत्रमा निजी–साझेदारी अवधारणाअन्तर्गत औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्ने बताएका हुन् ।
चितवनमा निर्माण गरिने शिक्षक अस्पतालका लागि पनि बजेट विनियोजन भएको छ । भरतपुर महानगरपालिका वडा नं १५ भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्ने यसअघि नै सरकारले निर्णय गरिसकेको थियो ।
बजेटमा अमलेखगञ्जदेखि चितवनको भण्डारासम्म पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण गर्ने उल्लेख छ । सरकारले भण्डारामा यसअघि नै जग्गा अधिग्रहण गरिसकेको छ ।
पूर्वी चितवनको कठारमा रिक्रियसन सेन्टर निर्माण गर्ने बजेट वक्तव्यमार्फत उल्लेख छ । भरतपुरको शारदानगर खानेपानी आयोजनालाई एक वर्षभित्र सम्पन्न गर्ने गरी आवश्यक बजेट विनियोजन गरिएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











