पर्वतका सातवटै स्थानीय तहको कार्यपालिका निर्वाचनमा एमाले विजयी
काठमाडाैं । जिल्लाका स्थानीय तहको कार्यपालिका निर्वाचनमा नेकपा(एमाले) विजयी भएको छ ।
सात स्थानीय तहमध्ये दुई पालिकामा प्रमुख र पाँच उपप्रमुखसहित ३३ वडाध्यक्ष जितेको उक्त दलले सबै स्थानीय तहका कार्यपालिकाअन्तर्गत भएको निर्वाचनमा विजयी भएको हो ।उपप्रमुख मात्र जितेको कुस्मा नगरपालिकामा एमालेबाट दलित तथा अल्पसङ्ख्यकतर्फ शिवलाल सार्की, गोपाल विश्वकर्मा, लखन सुनार, खुल्ला महिलातर्फ दुर्गा कुमारी शर्मा, सविता विक, रीताकुमारी विक, सुधा गुरुङ र विन्दुकुमारी पौडेल निर्वाचित भएको छन् ।
त्यस्तै प्रमुख र उपप्रमुख हारेको फलेवास नगरपालिकामा महिलातर्फ दुर्गा शर्मा, भगवती पौडेल, सावित्रा शर्मा, सुनिता शर्मा, कला नेपाली र खुल्ला दलित तथा अल्पसङ्ख्यक तर्फबाट नेत्र विश्वकर्मा, बाबुराम विश्वकर्मा र चन्द्रबहादुर नेपाली एमालेबाट कार्यपालिकामा निर्वाचित हुँदा एकल बहुमत भएको छ ।
त्यस्तै पैंयू गाउँपालिकामा महिलातर्फ शर्मिला नेपाली, चन्द्रकला न्यौपाने, उमादेवी विक, मिठु क्षेत्री र दलित तथा अल्पसङ्ख्यकतर्फ फुलमाया विक र बबिता हिताङ निर्वाचित भएको छन् । महाशिला गाउँपालिकामा खुल्लातर्फ विष्णुराम विक, झलक नेपाली र महिला, दलित तथा अल्पसङ्ख्यकतर्फ जयकली मल्ल, निरु नेपाली, हुमकुमारी पौडेल क्षेत्री र गीता विक निर्वाचित भएका हन् ।
जलजला गाउँपालिकामा खुल्लातर्फ बबी सुवेदी, मायाकुमारी भुसाल, सुनिता खत्री, विमला बरुवाल खत्री र दलित तथा अल्पङ्ख्यकमा भीमबहादुर दमै र भीमसेनबहादुर बराइली निर्वाचित भएका छन् भने मोदी गाउँपालिकामा महिलातर्फ लक्ष्मी विक, कृष्णकुमारी मल्ल, शान्ता आले र सन्तोषी विक तथा दलित तथा अल्पसङ्ख्यकतर्फ रीता सुनार विक र डिलमाया नेपाली निर्वाचित भएको छन् ।
विहादी गाउँपालिकामा महिलातर्फ माया विक र तुलसी सुनार तथा दलित तथा अल्पसङ्ख्यकतर्फ यामकला नेपाली, कमला कुमारी परियार, सविता गुरुङ, विष्णु भुसाल निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । जिल्लाका कुनै पनि पालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धनका उम्मेदवारले जित्न सकेनन् । स्थानीय चुनावमा निर्वाचित ३१९ जनप्रतिनिधिमध्ये एमाले २०६, कांग्रेस ८६, माओवादी २२ र अन्य स्वतन्त्र र साना दलले जितेका थिए ।
Comments
अरु समाचार
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...
-
म्याद सकिएका औषधि व्यवस्थापनमा अनियमितता, फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरको फार्मेसी युनिटका फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४...
-
प्रतिनिधिसभा बैठक: अख्तियारको प्रतिवेदनदेखि राष्ट्र बैंक विधेयकसम्म प्रस्तुत गर्ने कार्यसूची
काठमाडौं: संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न वार्षिक प्रतिवेदन तथा विधेयकहरू...












