झापाका १३ पालिकाको कार्यपालिकाले पाए पूर्णता
काठमाडाैं । स्थानीय तह निर्वाचनअन्तर्गत जिल्लाका १३ पालिकाले पूर्णता पाएका छन् भने दुईवटा पालिकाले पूर्णता पाउन बाँकी छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भने निर्वाचन हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत गणेश पाण्डेले बताए । उनका अनुसार मेचीनगर, विर्तामोड, अर्जुनधारा, गौरादह, कनकाई, भद्रपुर, दमक नगरपालिकामा भने निर्वाचन भइसकेको छ ।
त्यसैगरी, बुद्धशान्ति, हल्दिबारी, झापा, बाह्रदशी, कचनकवल, गौरीगञ्जलगायतका पालिकाले पूर्णता पाएको छ । उनका अनुसार भद्रपुर नगरपालिकामा भने आज निर्वाचन भएको छ । पालिकामध्ये नगरपालिकामा अल्पसङ्ख्यक, दलित गरी तीन र पाँच महिला सदस्य निर्वाचित भएका छन् भने गाउँपालिकामा चार महिला सदस्य र दुई अल्पसङ्ख्यक तथा दलित निर्वाचित भएका छन् ।
बाँकी रहेको स्थानमा समेत भोलिसम्ममा निर्वाचन गरिसकिने उनको भनाइ थियो । जिल्ला समन्वय समितिको निर्वाचनमा पालिकाका प्रमुख र उपप्रमुखले भाग लिनेछन् । वैशाख ३० गते भएको निर्वाचनबाट जिल्लामा नेकपा (एमाले)बाट सात प्रमुख, उपप्रमुख ११, नेपाली कांग्रेस छ प्रमुख, तीन उपप्रमुख र राप्रपाबाट दुई प्रमुख र एक उपप्रमुख निर्वाचित भएका छन् ।जिल्ला समन्वय समितिको नेतृत्व बनाउन झापामा एमाले एक्लैको बहुमत पुग्ने निर्वाचितहरूको तथ्याङ्कले देखाएको छ ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...
-
म्याद सकिएका औषधि व्यवस्थापनमा अनियमितता, फार्मेसी अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरको फार्मेसी युनिटका फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित आठ जनाविरुद्ध दुई करोड ९१ लाख ३४...












