उदयपुर सिमेन्ट ३५ औं वर्ष प्रवेश, ५६ करोड संचित मुनाफा
काठमाडाैं । सरकारी स्वामित्वको सिमेन्ट कम्पनी उदयपुर सिमेन्ट उद्योग लिमिटेड सोमबारदेखि ३४ वर्ष पार गर्दै ३५ औं वर्षमा प्रवेश गर्दैछ गैंडाछाप सिमेन्टको नामले परिचित उदयपुर सिमेन्टले स्थापनाको ३४ औं साधारणभा र ३५ औं वार्षिकोत्सव मनाउँदैछ ।
गत वर्ष ०७८ जेठ ३० गते ०४४ देखि ०७८ सालसम्म १४ वर्षको साधारणसभा एकै दिन सम्पन्न गरेको उदयपुर सिमेन्टले अब भने वर्षेणी साधारणसभा गर्ने योजना अनुसा यस्तो परम्पराको सुरुवात गरिएको उदयपुर सिमेन्टका सूचना अधिकारी लक्ष्मण पोखरेलले बताए । उनका अनुसार ३४ औँ साधारणसभामा उद्योग सञ्चालक समितिको वार्षिक प्रतिवेदनमार्फत गत आर्थिक वर्षको वासलात र वर्षभरीको व्यवसायिक नाफा नोक्सानको बिबरण प्रस्तुत तथा पारित गर्ने कार्यक्रम छ ।
त्यसैगरी अबदेखि नियमित समयमै लेखा परीक्षण गराउन लेखा परीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव, उद्योगको प्रबन्धपत्र र नियमावलीमा आवश्यक्ता अनुसार समसामयिक संशोधन गर्ने विषयका प्रस्तावहरु पनि प्रस्तुती र पारित गर्ने कार्यक्रम तय भएको पोखरेलले बताए । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, उद्योग विभाग र खानी विभाग शेयर सदस्य रहेको उदयपुर सिमेन्टको साधारणभाले अन्य बिबिध विषयमा छलफल गरी निर्णय गर्ने पोखरेलले बताए ।
उद्योग मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेल अध्यक्ष रहेको उद्योग सञ्चालक समितिमा उद्योग मन्त्रालयका उपसचिव विशाल सापकोटा, अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख राजकुमार खतिवडा र सदस्यसचिव उद्योगका महाप्रबन्धक (जिएम) गोपीकृष्ण न्यौपाने छन् । १० सदस्यीय सञ्चालक समितिका अन्य ५ सदस्य तथा २ जना विज्ञ सदस्यको भने ३ वर्षे पदावधि सकिएकाले उनीहरुलाई सम्मान गर्ने कार्यक्रम पनि साधारणसभामा राखिएको छ। सञ्चालक सदस्यहरु सम्झना पाख्रिन, पदम दाहाल, सुभाष राउत, महेशलाल यादव र कृष्णचन्द्र मण्डल तथा विज्ञ सदस्यद्वय देवीप्रसाद बराल र विशाल ढकाललाई सम्मानसहित बिदाई गर्ने कार्यक्रम तय भएको छ ।
महाप्रबत्रन्धक न्यौपानेका अनुसार चालु वर्षको जेठ २८ गतेसम्म उद्योगले २० लाख ७५ हजार बोरा सिमेन्ट बिक्री वितरण गरेर वार्षिक लक्ष्यको नजिक पुगेको छ । वार्षिक लक्ष्य चुम्न भने असारभित्र उद्योगले ३ लाख २५ हजार बोरा सिमेन्ट थप बेच्नुपर्ने उनले बताए । उद्योगले चालु वर्षको वार्षिक बिक्री लक्ष्य २४ लाख बोरा लिएको थियो । आर्थिक वर्षको अन्त्यतिर भौतिक पूर्वाधार संरचना निर्माणको ‘पिक सिजन’ भएकाले असारमा लक्ष्यभन्दा बढी नै सिमेन्ट बिक्री हुने अनुमान उद्योगलले लिएको जिएम न्यौपानेले बताए ।
अघिल्लो आर्थिक वर्षको नोक्शानीका कारण उ्रद्योगले गत आर्थिकवर्ष ०७७/७८ को पछिल्लो ६ महिना खर्च मितव्ययिता अपपनाउँदा अपनाउँदै पनि वार्षिक ३० करोड नोक्शानी बेहोर्नु परेको उद्योगले चालु वर्ष सो नोक्शानी पूर्ति गरेर थोरै भए पनि नाफामा लानका लागि व्यवस्थापन, ट्रेड युनियनहरु, कर्मचारी र मजदुरहरुलाई एकाकार गरेर लक्ष्य प्राप्तीको बाटोमा अघि बढिरहेको अवस्था जिएम न्यौपानेले बताए । उनका अनुसार ०७७/७८ को बित्तीय बिबरणहरु ‘नेपाल बित्तीय प्रतिबेदन मापदण्ड’ (एनएफआरएस) अन्तर्गत सम्पत्ति तथा दायित्वको मूल्यांकन गराई तयार गराउँदा हाल उद्योग ५६ करोड संचित मुनाफामा लेखांकित भएको छ । मूल्यांकन गर्नुअघि उद्योग ५ अर्ब ५० करोड संचित नोक्शानी रहेको न्यौपानेले बताए ।
३० गते साधारणसभा गरेलगत्तै जेठ ३१ गते हुने ३५ औं वार्षिकोत्सवमा उद्योगले नवनिर्मित ‘कोल मिल बेल्ट’को उदघाटन गर्ने तयारी भएको छ । सिमेन्ट बनाउन आवश्यक कच्चा पदार्थ कोईला राख्ने गोदाम (कोल यार्ड)बाट सोझै भट्टीसम्म कोईला लान मिल्ने गरी जडान भएको कोल मिल बेल्टको उद्घाटन उद्योग मन्त्रालयका सचिव अर्जुन पोखरेलबाट गराउने कार्यक्रम रहेको छ । उद्योगका मेकानिकल विभाग प्रमुख टीका कुँवरले आफ्नै नेतृत्वको प्राविधिक टोलीले १५ लाख रुपैंया लगानीमा यो काम गरेको बताए । उनका अनुसार कोल मिल बेल्ट निर्माण भएपछि वर्षेनी कम्तीमा ३५ लाख रुपैयाँ उद्योगलाई बचत हुने छ । यसअघि यार्डदेखि भट्टीसम्म टिपर, ट्रक र ट्याक्टरमार्फत कोईला लानु पर्दा एकातिर झन्झटिलो थियो भने अर्कातिर कोईला खेर जाने समस्या अव अन्त्य भएको कुँवरले बताए ।
वार्षिकोत्सवको अवसरमा उद्योगले नवनिर्वाचित जनप्रतिनिधिहरु त्रियुगाका नगरप्रमुख, उपप्रमुख र उद्योग परिसरसँग जोडिएका वडाध्यक्षहरुलाई बधाई र अभिनन्दन गर्ने कार्यक्रम पनि राखेको छ। त्यसैगरी उद्योग क्षेत्रको खाली जमिन हराभरा बनाई स्वच्छ वातावरण बनाउन बिभिन्न जातका १ हजार बिरुवा रोप्ने कार्यक्रम पनि त्यसैदिन तय भएको जिएम न्यौपानेले बताएका छन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...












