फ्लिन भ्रमण: ‘अमेरिकी सेनाको स्टेट पार्टनरशीप प्रोग्राममा नेपाललाई हस्ताक्षर गराउनेतर्फ केन्द्रित’
काठमाडौं । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्लस ए फ्लिन आइतबार राति चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए ।
जेठ २६ मा सद्भावना भ्रमणमा फ्लिन नेपाल आएका थिए। चार दिने औपचारिक भ्रमणमा नेपाल आएका सैनिक जनरल फ्लिनले स्वदेश फर्कने दिन आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमान्ड एण्ड स्टाफ कलेजको भ्रमण गरे ।
सन् २०२१ जुनदेखी एसिया–प्रशान्त क्षेत्रको प्रमुख रहेका फ्लिनले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्न प्रदर्शनीको अवलोकन गरेका छन् । नेपालमा रहँदा उनले उच्चस्तरीय भेटवार्ता गरे। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला अमेरिकाबाट चारतारे जनरलको नेपाल भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
उनी नेपाल आउनु अघि चार दिने भारत भ्रमणमा थिए । अमेरिकाले नेपाललाई भारतीय आँखाबाट हेर्ने गरेको विश्लेषण भइरहँदा उनी भारत भ्रभण सकेन नेपाल आएका हुन् । प्रधानसेनापति शर्माले आगामी असारको १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको औपचारिक भ्रमण गर्न लागेका बेला उनको भ्रमण भएको हो ।
प्राध्यापक कृष्ण पोखरेलले फ्लिनको भ्रमण नेपालमा अमेरिकी सेनाको स्टेट पार्टनरशीप प्रोग्राममा हस्ताक्षर गराउने तर्फ केन्द्रीत रहेको बताउँछन् । यो इण्डो प्यासिफिक रणनीतिको अभिन्न अंग भएको उनको भनाइ छ ।
‘भारतमा जत्तिकै नेपालमा पनि चार दिन बिताए अमेरिकी सेनाका प्यासिफिक कमाण्डर चार्ल्स ए फ्लिनले । उनको जोड अमेरिकी सेनाको स्टेट पार्टनरशीप प्रोग्राममा नेपाललाई हस्ताक्षर गराउने तर्फ केन्द्रित देखियो । यो इण्डो प्यासिफिक रणनीतिको अभिन्न अंग हो ।’
अमेरिकाको यस्तो प्रस्तावलाई विनम्रतापूर्वक पन्छाउन सक्नु मै नेपालको हित हुने उनको भनाइ छ ।
‘यसमा हतारिएर हस्ताक्षर गर्यो भने नेपाल अन्तराष्ट्रिय द्वन्द्वको भुँमरीमा पर्नेछ र आफ्नो रणनीतिक स्वायत्तता समेत गुमाउनेछ ‘ उनको भनाइ छ ।
यो विषय एमसीसी भन्दा निक्कै पेचिलो रहेको बताउँदै उनले भने ‘मुलुककै स्वतन्त्र अस्तित्वमाआँच आउने खतरा सृजना हुने खण्ड आयो भने देउवा नेतृत्वको सरकार गोलखाडी गयो र नयाँ समीकरणको सरकार बनो भने पनि अन्यथा नमाने हुन्छ!’
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...











