सांसद गाैतम भन्छनः अपर अरुण व्यापारी र भारतलाई बेच्न लागिएको त छैन ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका नेता राजेन्द्र गाैतमले अपर अरुणमा चलखेलको आशंका व्यक्त गरेका छन् ।
संखुवासभास्थित अपर अरुण जलविद्युत आयोजना व्यापारी र विदेशीलाई सुम्पिने तयारी भएको आशंका व्यक्त गर्दै जनता ठूलो त्रासमा रहेको दाबी गरेका छन् । आइएतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सामसद गाैतमले यस्तो जनाएका हुन् ।
नेकपा एमालेका नेता राजेन्द्र गौतमले संखुवासभास्थित अपर अरुण आयोजनामा चलखेलको गन्ध आएको बताउनुभएको छ ।
अर्थमन्त्री जनार्दन शर्माको टोली दिनमा ५ बढी हेलिकप्टर लिएर जाने र स्थलगत निरिक्षणको नाममा विवाद उत्पन्न गराएर अपर अरुण भारतलाई वेच्न चलखेल त भएको छैन भनेर जनतामा डर पैदा भएको दाबी गरेका हुन् ।
अरुण तेश्रो आयोजनाको विवादका कारण २५ वर्षसम्म संखुवासभा मात्रै नभएर देश नै पछि परेको भन्दै गाैतमले अपर अरुणको पनि अरुण तेस्रोको जस्तै नियति हुने त हैन भन्ने प्रश्न गरे । उनले अपर अरुण जलविद्युतको निर्माण र विकासमा संखुवासभाली र नेपाली जनताको सहभागिता, स्वामित्व र अपनत्व कायम हुने गरी आन्तरिक पूँजीबजारको माध्यमबाट निर्माण गर्न जोडदार माग पनि गरे ।
उनले सबै जिल्लाका बासिन्दा, प्रदेस १ र नेपाली नागरिकको लगानीमा आयोजना सम्पन्न गर्न माग गरे । भने, व्यापारी वा विदेशीलाई सुम्पिने कार्य अस्विकार्य भएको समेत जनाए ।
जलविद्युत विकासमा शेयर लगानी गर्न सरकारले बाटो खोलिदिनु पर्ने उनको माग छ । अपर अरुण आयोजना नेपालको पानी जनताकोलागनी अर्थात जनताको जलविद्युत कार्यक्रम अन्तर्गत बन्नुपर्नेमा उनले जोड दिए । सरकारले यो आयोजना कुन मोडालिटीमा बनाउन चाहेको छ भन्दै उनले प्रश्न समेत गरे । उनले हालको अवस्था के छ र यथार्थ जानकारी दिन पनि सरकारसँग माग गरे ।
उनले परम्परागत उर्जाको स्रोतलाई स्वच्छ किफायती तथा आधुनकी उर्जाले प्रतिस्थापन गर्नु, उर्जा सुरक्षा तथा उर्जा दक्षताका लागि मिश्रित उर्जा प्रणालीको नीति अवलम्बन गर्नु, उर्जाको पहुँच नपुगेका वास्तविक लक्षित वर्ग र क्षेत्रमा पुहुँच पुर्याउनुपर्ने पनि बताए ।
उनले नेपालको पानी जनताको लगानी भन्ने सरकारको अभियानलाई स्थानीय स्तरमा निर्माण हुने ठूला जलविद्युत आयोजनामा जनताको लगानी सुनिश्चित गरिनुपर्ने बताए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












