सांसद गाैतम भन्छनः अपर अरुण व्यापारी र भारतलाई बेच्न लागिएको त छैन ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका नेता राजेन्द्र गाैतमले अपर अरुणमा चलखेलको आशंका व्यक्त गरेका छन् ।
संखुवासभास्थित अपर अरुण जलविद्युत आयोजना व्यापारी र विदेशीलाई सुम्पिने तयारी भएको आशंका व्यक्त गर्दै जनता ठूलो त्रासमा रहेको दाबी गरेका छन् । आइएतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सामसद गाैतमले यस्तो जनाएका हुन् ।
नेकपा एमालेका नेता राजेन्द्र गौतमले संखुवासभास्थित अपर अरुण आयोजनामा चलखेलको गन्ध आएको बताउनुभएको छ ।
अर्थमन्त्री जनार्दन शर्माको टोली दिनमा ५ बढी हेलिकप्टर लिएर जाने र स्थलगत निरिक्षणको नाममा विवाद उत्पन्न गराएर अपर अरुण भारतलाई वेच्न चलखेल त भएको छैन भनेर जनतामा डर पैदा भएको दाबी गरेका हुन् ।
अरुण तेश्रो आयोजनाको विवादका कारण २५ वर्षसम्म संखुवासभा मात्रै नभएर देश नै पछि परेको भन्दै गाैतमले अपर अरुणको पनि अरुण तेस्रोको जस्तै नियति हुने त हैन भन्ने प्रश्न गरे । उनले अपर अरुण जलविद्युतको निर्माण र विकासमा संखुवासभाली र नेपाली जनताको सहभागिता, स्वामित्व र अपनत्व कायम हुने गरी आन्तरिक पूँजीबजारको माध्यमबाट निर्माण गर्न जोडदार माग पनि गरे ।
उनले सबै जिल्लाका बासिन्दा, प्रदेस १ र नेपाली नागरिकको लगानीमा आयोजना सम्पन्न गर्न माग गरे । भने, व्यापारी वा विदेशीलाई सुम्पिने कार्य अस्विकार्य भएको समेत जनाए ।
जलविद्युत विकासमा शेयर लगानी गर्न सरकारले बाटो खोलिदिनु पर्ने उनको माग छ । अपर अरुण आयोजना नेपालको पानी जनताकोलागनी अर्थात जनताको जलविद्युत कार्यक्रम अन्तर्गत बन्नुपर्नेमा उनले जोड दिए । सरकारले यो आयोजना कुन मोडालिटीमा बनाउन चाहेको छ भन्दै उनले प्रश्न समेत गरे । उनले हालको अवस्था के छ र यथार्थ जानकारी दिन पनि सरकारसँग माग गरे ।
उनले परम्परागत उर्जाको स्रोतलाई स्वच्छ किफायती तथा आधुनकी उर्जाले प्रतिस्थापन गर्नु, उर्जा सुरक्षा तथा उर्जा दक्षताका लागि मिश्रित उर्जा प्रणालीको नीति अवलम्बन गर्नु, उर्जाको पहुँच नपुगेका वास्तविक लक्षित वर्ग र क्षेत्रमा पुहुँच पुर्याउनुपर्ने पनि बताए ।
उनले नेपालको पानी जनताको लगानी भन्ने सरकारको अभियानलाई स्थानीय स्तरमा निर्माण हुने ठूला जलविद्युत आयोजनामा जनताको लगानी सुनिश्चित गरिनुपर्ने बताए ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












