कलाकार समाजको दर्पण होः मुख्यमन्त्री शाही
काठमाडौं। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कलाकार समाजको दर्पण भएको बताएका छन् ।
केबी इन्टरटेन्मेन्ट ग्रुपद्वारा आजदेखि वीरेन्द्रनगरमा पाँच दिनसम्म सञ्चालन हुने ‘कर्णाली चलचित्र कार्यशाला’ शुभारम्भ गर्दै उनले कलाकारहरूले समाजको वास्तविक कथालाई कलाका माध्यमबाट उतार्दा त्यसले नेतृत्वलाई बढी जिम्मेवार बनाउने बताए । चलचित्र उद्योगले पनि मुलुक विकासमा सहयोग पु¥याउँदै आएको उनको भनाइ थियो ।
हरेकले कर्णालीप्रति हेर्ने दृष्टिकोण कमजोर बनाउँदै आएको बताउँदै मुख्यमन्त्री शाहीले भने, “कर्णालीलाई कमजोर नसम्झ बरु तिम्रो हेर्ने नजर परिवर्तन गर किनकि सिङ्गो नेपाललाई विश्वमा चिनाउने भर्जिनल्याण्ड कर्णाली हो ।” वरिष्ठ कलाकार प्रेमदेव गिरीलगायतका कलाकारको प्रशंसा गर्दै उनले कर्णालीका कथा र वास्तविकतालाई चलचित्रमा उतार्ने गरी कलाकारिता क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्न सुझाब दिए ।
वरिष्ठ रङ्गकर्मी गणेशभक्त गौतमले कर्णाली आफैँमा कलाको खानी भएको र कार्यशालाले यस क्षेत्रका कलाकारलाई अझ दक्ष बनाउने विश्वास व्यक्त गरे। कर्णालीको राजधानी सुर्खेतमै चलचित्र निर्मातासहित दक्ष कलाकारहरू भए पनि उनीहरूले जीविकोपार्जन गर्न सक्ने वतावरण नभएको र उनीहरूप्रति राज्यको हेर्ने नजर फरक भएको टिप्पणी गरे ।
चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष गणेश भण्डारीले विसं २०६८ मा सुर्खेतमै राष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिएको उल्लेख गर्दै कार्याशालाले राम्रा कलाकार उत्पादन गर्ने मात्र नभई कर्णालीमा राम्रा कलाकार छन् भन्ने सन्देश दिने बताए। केबी इन्टरटेन्मेन्ट ग्रुपका अध्यक्ष भूपेन्द्र खड्काले कर्णालीमा चलचित्र उत्पादन गरी यही क्षेत्रको जनशक्ति निर्माण गर्ने उद्देश्यले कार्यशाला सञ्चालन गरिएको जनाए ।
सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले यहाँका कलाकारलाई दक्ष बनाइ मुलुक निर्माण सहयोग पु¥याउनु सबैको कर्तव्य भएको विचार व्यक्त गरे । कार्यशालामा विष्णु कल्पितले प्रशिक्षण दिने भएका छन् ।
वरिष्ठ कलाकार प्रेमदेव गिरी, नृत्य निर्देशक कुलमान नेपाली, चलचित्र निर्माता निर्मल प्याकुरेललगायतका कलाकार माया थापाको सहभागिता रहेको सो कार्यशालामा २५ जना प्रशिक्षणमा सहभागी हुनुहुने जनाइएको छ ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











