कलाकार समाजको दर्पण होः मुख्यमन्त्री शाही
काठमाडौं। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कलाकार समाजको दर्पण भएको बताएका छन् ।
केबी इन्टरटेन्मेन्ट ग्रुपद्वारा आजदेखि वीरेन्द्रनगरमा पाँच दिनसम्म सञ्चालन हुने ‘कर्णाली चलचित्र कार्यशाला’ शुभारम्भ गर्दै उनले कलाकारहरूले समाजको वास्तविक कथालाई कलाका माध्यमबाट उतार्दा त्यसले नेतृत्वलाई बढी जिम्मेवार बनाउने बताए । चलचित्र उद्योगले पनि मुलुक विकासमा सहयोग पु¥याउँदै आएको उनको भनाइ थियो ।
हरेकले कर्णालीप्रति हेर्ने दृष्टिकोण कमजोर बनाउँदै आएको बताउँदै मुख्यमन्त्री शाहीले भने, “कर्णालीलाई कमजोर नसम्झ बरु तिम्रो हेर्ने नजर परिवर्तन गर किनकि सिङ्गो नेपाललाई विश्वमा चिनाउने भर्जिनल्याण्ड कर्णाली हो ।” वरिष्ठ कलाकार प्रेमदेव गिरीलगायतका कलाकारको प्रशंसा गर्दै उनले कर्णालीका कथा र वास्तविकतालाई चलचित्रमा उतार्ने गरी कलाकारिता क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्न सुझाब दिए ।
वरिष्ठ रङ्गकर्मी गणेशभक्त गौतमले कर्णाली आफैँमा कलाको खानी भएको र कार्यशालाले यस क्षेत्रका कलाकारलाई अझ दक्ष बनाउने विश्वास व्यक्त गरे। कर्णालीको राजधानी सुर्खेतमै चलचित्र निर्मातासहित दक्ष कलाकारहरू भए पनि उनीहरूले जीविकोपार्जन गर्न सक्ने वतावरण नभएको र उनीहरूप्रति राज्यको हेर्ने नजर फरक भएको टिप्पणी गरे ।
चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष गणेश भण्डारीले विसं २०६८ मा सुर्खेतमै राष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिएको उल्लेख गर्दै कार्याशालाले राम्रा कलाकार उत्पादन गर्ने मात्र नभई कर्णालीमा राम्रा कलाकार छन् भन्ने सन्देश दिने बताए। केबी इन्टरटेन्मेन्ट ग्रुपका अध्यक्ष भूपेन्द्र खड्काले कर्णालीमा चलचित्र उत्पादन गरी यही क्षेत्रको जनशक्ति निर्माण गर्ने उद्देश्यले कार्यशाला सञ्चालन गरिएको जनाए ।
सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले यहाँका कलाकारलाई दक्ष बनाइ मुलुक निर्माण सहयोग पु¥याउनु सबैको कर्तव्य भएको विचार व्यक्त गरे । कार्यशालामा विष्णु कल्पितले प्रशिक्षण दिने भएका छन् ।
वरिष्ठ कलाकार प्रेमदेव गिरी, नृत्य निर्देशक कुलमान नेपाली, चलचित्र निर्माता निर्मल प्याकुरेललगायतका कलाकार माया थापाको सहभागिता रहेको सो कार्यशालामा २५ जना प्रशिक्षणमा सहभागी हुनुहुने जनाइएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












