गठबन्धनले राजनैतिक पूर्वाग्रह राख्न थाल्योः एमाले
खोटाङ । नेकपा एमाले खोटाङले गठबन्धनले जितेको स्थानीय तहमा राजनैतिक पूर्वाग्रह राखेर उपभोक्ता समितिदेखि कर्मचारीमाथि विभेदपूर्ण व्यवहार भएको भन्दै विरोध जनाएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायतका स्थानीय तहमा एमालेका समर्थक रहेको उपभोक्ता समिति तथा कर्मचारीलाई राजनैतिक पूर्वाग्रह साँधेर ‘टर्चर’ दिइएको भन्दै एमालेले विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाल र सचिव कुमार आचार्यले जारी गरेको विज्ञप्तिमा गठबन्धनबाट निर्वाचित स्थानीय सरकारले राजनैतिक आस्थाको आधारमा सम्पन्न भइसकेका योजनाहरुको भुक्तानी दिन आलटाल गर्ने, भुक्तानी रोक्ने, बाधा सिर्जना गर्ने, आफ्नो दल निर्वाचित भएको ठाउँमा र आफ्नो कार्यकर्ताले गरेको काम सम्पन्न नहुँदै अनुगमन नै नगरी तथा लेनदेनका आधारमा भुक्तानी दिने गरिएको भन्दै विरोध जनाइएको छ ।
एमालेले कर्मचारीलाई अदलबदल गर्ने, राजनीतिक आस्थाको आधारमा करारमा कार्यरत कर्मचारीलाई विभेद गर्ने, फरक आस्था भएकाहरुलाई अनावश्यक टर्चर दिने, फरक राजनीतिक आस्था भएका मान्छेरसंयन्त्रलाई निषेध गर्ने जस्ता गैर–राजनैतिक र पूर्वाग्रही ढंगको व्यवहारप्रति घोर निन्दा गरेको छ । सबै नागरिकहरुको काम गर्न भनेर निर्वाचित भएको स्थानीय सरकारलाई तुरुन्त यस्ता किसिमका व्यवहार रोक्न र यो किसिमको प्रवृत्तिलाई सुधार्नका निम्ति एमाले कडाईका साथ खबरदारी गर्दछु, विज्ञप्तिमा अगाडि भनिएको छ ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












