वर्तमान संसद्को कार्यकाल बारेमा छलफल शुरुः सभामुख सापकोटा
मन्त्री हेरफेरका कारण विधेयकमाथिको छलफल प्रभावित
काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घ र प्रदेशको निर्वाचनको मिति घोषणाको चर्चासँगै वर्तमान प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म रहने भन्नेमा छलफल शुरु भएको बताएका छन् ।
संसदीय समाचार संकलन गर्दै आएका पत्रकारसँग आज भएको अन्तरक्रियामा उहाँले निर्वाचन घोषणापछि संसद्को अवस्था के हुने भन्ने बारेमा उपसभामुखको शपथका दिन राष्ट्रपति कार्यालयमा सामान्य कुराकानी भएको सुनाए । “उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्षसँग यस बारेमा सामान्य छलफल भएको थियो”, उनले भने, “छलफल गर्दै जाउँ के निष्कर्ष निस्कन्छ, त्यही गरौँ भन्ने विषयमा कुराकानी भयो ।” छलफलका क्रममा संसद्को कार्यकाल मनोनयन गर्ने दिनसम्म रहन्छ भन्ने सबैको बुझाइ रहेको उनले बताए ।
“संसद्को कार्यकाल नसकिँदै विघटन हुँदा सभामुख र उपसभामुख बाहेक सांसदको पद नरहने अवस्था हो”, सभामुख सापकोटाले भने, “यसबारेमा संविधानविद्सँग छलफल गरेर निष्कर्षमा पुगिन्छ ।”
मन्त्री हेरफेरका कारण विधेयकमाथिको छलफल प्रभावित
सभामुख सापकोटाले सङ्घीय सरकारका मन्त्री हेरफेरका कारण संसद् सचिवालयमा दर्ता भएका विधेयकमाथिको छलफल अगाडि बढाउन समस्या भएको बताए । संसद्को चालु अधिवेशन बजेट अधिवेशन भए पनि महत्वपूर्ण विधेयक पारित भएको र केही विधेयक छलफलकै क्रममा रहेको उनले बताए ।
“चालु अधिवेशनबाट १५ विधेयक पारित भएको छ, पाँच समितिका साथै विभिन्न संवैधानिक आयोगका प्रतिवेदन संसद्मा पेश भएका छन्”, उनले भने, “विघटन र अवरुद्धका बीच चलेको संसद्ले जनतालाई आशा जगाउने काम गरेको छ ।”
विभिन्न संसदीय समितिका सभापति पद रिक्त रहेका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उनले समितिका सभापतिको निर्वाचन गर्न प्रधानमन्त्रीसँग आफूले संवाद गरिरहेको बताए । ढिलै भए पनि उपसभामुखको निर्वाचन भएसँगै संसद्को काम अझ प्रभावकारी ढंगबाट अगाडि बढ्ने उनको विश्वास छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












