एमालेलाई धुलिसात पार्न खोजियोः विश्वकर्मा
बुटवल । एमालेको लुम्बिनी प्रदेशस्तरीय संगठन व्यवस्थापन तथा परिचालन विषयक दुई दिने कार्यशाला शुक्रबारदेखि बुटवलमा सुरु भएको छ । एमाले लुम्बिनी प्रदेश संगठन कमिटीले आयोजना गरेको कार्यशालामा प्रदेशका १२ वटै जिल्लाबाट पार्टीका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, इन्चार्जलगायतको सहभागिता छ ।
कार्यशालाको उदघाटन गर्दै एमालेका सचिव छविलाल विश्वकर्माले कतिपय शक्ति र मान्छेहरु एमालेलाई धुलिसात पार्ने ढंगले अघि बढे पनि कुनै शक्तिका सामु नड्गमगाएको बताए । “एमालेलाई धुलिसात नपारीकन देशमा अस्थिरता ल्याउन सकिंदैन भन्ने बुझेकाहरूले एमालेलाई सिध्याउने प्रयास गरेका छन्,”उनले भने, “तर एमालेले त्यस्ता षडयन्त्रहरूको सामना गर्दै अगाडि बढिरहेको छ ।”
चुनौतीका बीच पार्टी व्यवस्थित ढंगले यहाँसम्म आएको भन्दै सचिव विश्वकर्माले पार्टीका सबै तहका कमिटीलाई पुनर्व्यवस्थित गर्दै एमाले अगाडि बढेको जानकारी दिए । गत स्थानीय तहको निर्वाचनमा सिट संख्याका आधारमा दोस्रो भए पनि लोकप्रिय मतमा पहिलो भएको उनले दाबी गरे ।
सचिव विश्वकर्माले अब संघीय र प्रदेशसभा निर्वाचनका लागि पार्टीले आन्तरिक रणनीति बनाइरहेको भन्दै पार्टीभित्रका असन्तुष्टि र अन्तरविरोधलाई समाधान गर्दै अघि बढिने जानकारी दिए ।
शनिबारसम्म चल्ने कार्यशाला गोष्ठीमा गत स्थानीय तह निर्वाचनको समीक्षा गर्नुका साथै पार्टीको आगामी रणनीति, आगामी संघीय र प्रदेशसभाको निर्वाचनको तयारी, संगठन व्यवस्थापन र परिचालनलगायतका विषयमा छलफल हुनेछ । दुईदिने कार्यशाला गोष्ठीले लुम्बिनी प्रदेशमा पार्टीको आगामी रणनीति र कार्ययोजना तय गर्ने पनि एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।
कार्यशालामा पार्टी सचिव विश्वकर्माका साथै एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीलगायत केन्द्रीय नेताहरू पनि सहभागी छन् । कार्यशालाको समापन शनिबार एमाले उपाध्यक्ष विष्णु पौडेलले गर्ने एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












