एमालेलाई धुलिसात पार्न खोजियोः विश्वकर्मा
बुटवल । एमालेको लुम्बिनी प्रदेशस्तरीय संगठन व्यवस्थापन तथा परिचालन विषयक दुई दिने कार्यशाला शुक्रबारदेखि बुटवलमा सुरु भएको छ । एमाले लुम्बिनी प्रदेश संगठन कमिटीले आयोजना गरेको कार्यशालामा प्रदेशका १२ वटै जिल्लाबाट पार्टीका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, इन्चार्जलगायतको सहभागिता छ ।
कार्यशालाको उदघाटन गर्दै एमालेका सचिव छविलाल विश्वकर्माले कतिपय शक्ति र मान्छेहरु एमालेलाई धुलिसात पार्ने ढंगले अघि बढे पनि कुनै शक्तिका सामु नड्गमगाएको बताए । “एमालेलाई धुलिसात नपारीकन देशमा अस्थिरता ल्याउन सकिंदैन भन्ने बुझेकाहरूले एमालेलाई सिध्याउने प्रयास गरेका छन्,”उनले भने, “तर एमालेले त्यस्ता षडयन्त्रहरूको सामना गर्दै अगाडि बढिरहेको छ ।”
चुनौतीका बीच पार्टी व्यवस्थित ढंगले यहाँसम्म आएको भन्दै सचिव विश्वकर्माले पार्टीका सबै तहका कमिटीलाई पुनर्व्यवस्थित गर्दै एमाले अगाडि बढेको जानकारी दिए । गत स्थानीय तहको निर्वाचनमा सिट संख्याका आधारमा दोस्रो भए पनि लोकप्रिय मतमा पहिलो भएको उनले दाबी गरे ।
सचिव विश्वकर्माले अब संघीय र प्रदेशसभा निर्वाचनका लागि पार्टीले आन्तरिक रणनीति बनाइरहेको भन्दै पार्टीभित्रका असन्तुष्टि र अन्तरविरोधलाई समाधान गर्दै अघि बढिने जानकारी दिए ।
शनिबारसम्म चल्ने कार्यशाला गोष्ठीमा गत स्थानीय तह निर्वाचनको समीक्षा गर्नुका साथै पार्टीको आगामी रणनीति, आगामी संघीय र प्रदेशसभाको निर्वाचनको तयारी, संगठन व्यवस्थापन र परिचालनलगायतका विषयमा छलफल हुनेछ । दुईदिने कार्यशाला गोष्ठीले लुम्बिनी प्रदेशमा पार्टीको आगामी रणनीति र कार्ययोजना तय गर्ने पनि एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।
कार्यशालामा पार्टी सचिव विश्वकर्माका साथै एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीलगायत केन्द्रीय नेताहरू पनि सहभागी छन् । कार्यशालाको समापन शनिबार एमाले उपाध्यक्ष विष्णु पौडेलले गर्ने एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...












