धापाखेलमा नागपञ्चमी मेला
काठमाडाैं । ललितपुर महानगरपालिका–२४ स्थित धापाखेल नागपोखरीमा नागपञ्चमी मेला लागेको छ । हरेक वर्ष श्रावण शुक्लपक्ष पञ्चमी तिथिका दिन सो स्थानमा मेला लाग्ने गर्दछ ।
नागदह संरक्षण समितिका अध्यक्ष सलामसिंह मोक्तानले नागपोखरीमा दर्शनार्थीको भीड लागिरहेको बताए । कोरोना महामारीका कारण सो स्थानमा दुई वर्षअघिदेखि उक्त स्थानमा मेला लागेको थिएन ।
सो मेलालाई व्यवस्थित बनाउन क्लब, सहकारी एवं महिला समूहका स्वयंसेवकले सहयोग गरिराखेका ललितपुर २४ का वडाध्यक्ष दिनेशजङ्ग पाण्डेले जानकारी दिए । उनले भने, “यहाँ लाग्ने मेला संरक्षणका लागि महानगरपालिकाले नगरस्तरीय योजनामार्फत कला र संस्कृति संरक्षणमा छुट्याएको रु एक लाखका साथै वडाले समेत सहयोग गरेको केही रकम प्रयोग गरी मन्दिर सजावटका साथै स्वयंसेवकको व्यवस्थापनमा जुटेका छौँ।” भक्तजनलाई सहजताको साथ मेला भर्न दिइने उनको भनाइ छ ।
धापाखेलमा आज बाजागाजा तथा झाँकीसहित बासुकी नागको पूजा तथा आराधना गर्ने गरिन्छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












