अल कायदाका नेता जवाहिरी अमेरिकी कारबाहीमा अफगानिस्तानमा मारिए, राष्टपति बाइडेनद्धारा पुष्टि
काठमाडाैं । आतङ्कवादी संस्था अल कायदाका नेता आइमन अल जवाहिरी अफगानिस्तानमा मारिएका छन् । अमेरिकी सेनाको हवाई कारबाहीमा उनी मारिएका अमेरिकाका विभिन्न मिडियाले सोमबार जानकारी दिएका छन् ।
ती मिडियाका अनुुसार सोमबार अफगानिस्तानमा ड्रोनबाट गरिएको आक्रमणबाट ती अल कायदाका नेता मारिएका हुन् । यस विषयमा ह्वाइट हाउसले सुरुमै केही सूचना दिएको छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस विषयको जानकारी दिने बताइएको छ ।
जवाहिरी अल कायदा सङ्ठनका नेता थिए । उनी सन् २०११ मा सो संगठनका नेता छानिएका थिए । अल कायदाका तत्कालीन नेता ओसामा बिन लादेन सन् २०११ मा मारिएका थिए । अमेरिकी सेनाको कारबाहीमा लादेन मारिएपछि त्यसको दुई महिना पछि सो संगठनको नेता जवाहिरी चयन भएका थिए ।
राष्ट्रपति बाइडेनद्धारा जवाहिरी मारिएको पुष्टि
यसैबीच अर्को एक समाचारमा अल कायदाका नेता आइमन अल जवाहिरी मारिएको समाचारको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका हुन् ।
राष्ट्रपति बाइडेनले सोमबार राति दिएको एक सन्देशमा अल कायदाका नेता जवाहिरीको अमेरिकी सेनाको कारबाहीमा मारिएको बताएका हुन् ।
उनले अमेरिकाको प्रति आतङ्कवादी कारबाही अन्तर्गत अमेरिकाको कारबाहीमा आतङ्कवादी सङ्गठनका नेता जवाहिरी मारिएको पुष्टि गरेका हुन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...












