पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिले कम्युनिष्ट पार्टीभित्र विचलनः उपाध्यक्ष पौडेल
काठमाडाैं । एमालेका उपाध्यक्ष विष्णु पौडेलले पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिले कम्युनिष्ट पार्टीभित्र विचलन देखिएको बताएका छन् ।
‘समृद्ध नेपाल सुखी नेपाली’को सपनाभित्र जीवराज आश्रितको दृष्टिकोण विषयक गोष्ठीमा नेता पौडेलले पद प्राप्ती नै सबैथोक हो भन्ने प्रवृत्ति कम्युनिष्ट पार्टीमा लागेकाहरूले त्याग्नुपर्ने बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै उनले पदका लागि नै शक्तिशाली कम्युनिष्ट पार्टी विभाजन गरिएको दाबी गरे । ‘कम्युनिष्ट पार्टी विभाजित हुनुमा दलीय लालचा बाहेक अरु केही थिएन, शक्तिशाली अवस्थामा पुगेको कम्युनिष्ट पार्टीलाई पदका लागि विभाजन गर्नु दुर्भाग्यपूर्ण थियो,’ उनले भने ।
उनले स्वर्गीय आश्रितबाट अहिलेका समकालीन नेताहरूले त्याग र र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी रहेको पनि बताए । ‘जीवराजका बहुआयामिक योगदान छन्, कम्युनिष्ट आन्दोलनमा लागेकाहरुले उहाँबाट त्याग र विचारको राजनीति सिक्नुपर्छ, तबमात्रै कम्युनिष्ट पार्टीले लिएको लक्ष्य र उद्देश्य पूरा हुन्छ,’ उपाध्यक्ष पौडेलले भने ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक अचलराज पाण्डेले समृद्ध नेपाल सुखी नेपालीको सपनाभित्र आश्रितको दृष्टिकोण विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अहिलेको पुस्ताले उहाँका योगदानबारे थाहा पाउन र बाटो पछ्याउन आवश्यक रहेको बताए । मुलुकको आर्थिक अवस्था र समुन्नत समाज निर्माणका लागि आश्रितले अपनाएको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ छ ।
कार्यपत्रमाथि टिप्पणी गर्दै युवा विश्लेषक तथा प्राध्यापकद्वय माधव पौडेल र हुमराज भुसालले स्वर्गीय आश्रितको अर्थराजनीतिप्रतिको दृष्टिकोणलाई अहिलेको राजनीतिक नेतृत्वले कार्यान्वयन गर्न सक्ने हो भने मात्रै पनि मुलुक समृद्धिको यात्रामा अगाडि बढ्ने बताएका थिए ।
कार्यक्रममा आश्रित स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं संरक्षक देवेन्द्र घिमिरे, एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी, प्रतिष्ठानका अध्यक्ष चरणदास तिमिल्सेना, उपाध्यक्ष युवराज घिमिरे, महासचिव कल्पना थापा, युवा विश्लेषक डा. सागर न्यौपाने लगायतले आश्रितको योगदानमाथि चर्चा गरेका थिए ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











