भक्तपुरमा बिहानैदेखि गाइजात्रा सुरु
काठमाडाैं । भक्तपुरमा यस वर्षको गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाइँदै छ ।
तलेजुस्थानबाट भक्तपुरका नगरवासीले तलेजुको ताहामचा बनाई भक्तपुर परिक्रमा गराएपछि सातदिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि सुरु भएको छ। दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व भक्तपुरमा आज बिहानैदेखि मनाउन थालिएको छ । भक्तपुरको नेवार समुदायमा मृतकका परिवारले आज बिहानैदेखि गाईजात्रा निकालेका छन् । बिहानैदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोलटोल घुमाइएको छ ।
भक्तपुरको गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङकिसी नाच, माक प्याख नाच भएकाले गाईजात्रा हेर्न उपत्यकालगायत विभिन्न क्षेत्रका नागरिक यहाँ आउने गर्दछन् । आजको मुख्य जात्रापछि यहाँ सात दिनसम्म घिन्ताङकिसी नाच र व्यङ्ग्य प्रदर्शन गरी पर्व मनाइने परम्परा छ ।
टोलटोलबाट एकसाथ आकर्षक घिन्ताङकिसी नाचसहित गाईजात्रा निकाल्ने एवं बिभिन्न नाँच एवं व्यङ्य प्रर्दशन गरिने भएकाले मध्याह्नपछि जात्रा आकर्षक हुने गर्दछ । हिन्दूधर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतात्माले यमलोक प्रवेशपाई मुक्ति पाउने उल्लेख गरिएको संस्कृतकर्मी रामेश्वर श्रेष्ठले जानकारी दिए। गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको उनले बताए।
पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आदेश दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक मान्यता रहेको छ।
घरघरबाट गाईजात्रा निकालेपछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो। यद्यपि भक्तपुरका संस्कृतकर्मी भने गाईजात्रा पर्व १४औं शताब्दीभन्दा अगाडि लिच्छवीकालको अन्त्यमा सुरु भएको बताउँछन्।
भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्पराअनुसार परालबाट निर्मित भैरव र परालबाट बनेको तमाचा निकालेर नगर परिक्रमा गराई सो दिनको गाईजात्रा विसर्जन गरिने प्रचलन रहिआएको छ । आजको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको संस्कृतकर्मी श्रेष्ठको भनाइ छ । यसदिन पाप गरे मृत्युपश्चात् पनि सोही कर्म भोग्नुपर्छ भन्ने विश्वासका आधारमा आजको दिन कसैले पापकर्म गर्न नहुने भनाइ रहेको उनले बताए।
आजका दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ ।
महादेवपोखरी कुण्ड र कालदहमा बिहानैदेखि भीड
भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित महादेव पोखरीकुण्डमा आज बिहानैदेखि नै भव्य मेला लागेको छ ।
रसुवाको गोसाइँकुण्ड जान नसकेका र जान नपाएका भक्तजन महादेब पोखरी मन्दिरमा आएर कुण्डमा स्नान गरी महादेवको पूजा गरेमा पूण्य प्राप्त हुने मान्यता रहेकाले परम्परादेखि नै यहाँ हरेक जनै पूर्णिमाको दिनमा भीड लाग्ने गर्दछ । हरेक वर्षको जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, बनेपा, पनौतीदेखिका भक्तजन आएका वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिए।
महादेवपोखरीमा मेला भर्न यहाँ बिहीबारदेखि नै भक्तजनको घुइँचो लागेको छ । यहाँको कुण्डमा स्नान गरी महादेवको पूजा गरे मनोकाङ्क्षा पूरा हुने, रोग हट्ने र पुण्य प्राप्त हुने जनविश्वास रहेको उनले बताउ। गोसाइँकुण्डको पानी महादेवपोखरीमा आउने जनविश्वासका कारण गोसाइँकुण्ड नजाने यहाँ आउने पुरानो परम्परा रहेको बताउँदै वडाध्यक्ष लामाले कुण्डमा विभिन्न जातजातिका समुदायले आ–आफ्नो परम्पराअनुसार पूजा झाँकीसहित आएर मेला भरेको बताए।
त्यसैगरी साउन शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमाका दिन आज बिहानैदेखि भक्तपुरको व्यासीस्थित औद्योगिक क्षेत्रमा रहेको प्राचीन कालदह अर्थात् महादेव पोखरीमा मेला लागेको छ । जनै पूर्णिमाको दिनमा दहमा स्नान गरी महादेवको पूजा गर्न भक्तजनको बिहानैदेखि घुइँचो लागेको हो ।
विशेष गरी स्थानीय नेवार समुदायका गोसाइँकुण्ड जान नसक्ने भक्तजन यस कालदहमा आई स्नान गर्ने र पोखरीको बीचमा रहेको महादेवको पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ । कालदहको स्नान र पूजाअर्चनापछि भक्तजनले रक्षा बन्धन बाँध्ने गर्दछन्।
Comments
अरु समाचार
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...












