थुलुङ दुधकोशीले भन्योः समाचारमा आएजस्तो भ्रष्टाचार भएको छैन, गलत समाचार लेख्नेलाई कारबाहि होस्
सोलुखुम्बु । जिल्लाकाे थुलुङ दुधकाेशी गाउँपालिकाले भ्रष्टाचार भएको भन्ने समाचारको कडा शब्दमा खण्डण गरेको छ ।
पालिकाले एक विज्ञप्ति जारी गर्दै तथ्यलाई बङ्ग्याएर समाचार प्रकाशन प्रशारण भएको भन्दै आपत्ति जनाएको हो । यस्तै, पालिकाले कपोकल्ित समाचार प्रकाशन गरेको भन्दै कानुन बमोजिम कारबाहीको माग समेत गरेको छ ।
वडा नं. ७ का वडाध्यक्षसमेत रहेका पालिकाका प्रवक्ता भाेजराज कार्कीद्वारा जारी गरिएकाे विज्ञप्तिमा भनिएकाे छ— ‘तथ्य र तथ्यांकलाई बङ्ग्याएर निश्चित इच्छासमूहबाट परिचालित भएझैँ शृङ्खलाबद्ध भ्रामक समाचार सम्प्रेषण गर्नेहरूलाई नेपालकाे प्रचलित ऐन, कानूनअनुसार कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछाैँ ।’
विज्ञप्तिमा पालिका नेतृत्व र नेतृत्वले गरेकाे काम/कारबाहीलाई असफल बनाउन पत्रकारिताकाे माध्यमबाट तथ्य बङ्ग्याएर अतिरञ्जना मच्याउन खाेजिएकाे जिकिर गरिएकाे छ । ‘पछिल्लाे समय हाम्राे पालिका नेतृत्वकाे क्रियाशीलता, राजनीतिक सफलता र पालिकाले गरेकाे जनपक्षीय काम र विकासमा राखेकाे रेकर्ड राेक्न र ताेड्नका लागि पत्रकारिताकाे आवरणमा पालिकाकाे बेरुजुकाे विषयलाई बङ्ग्याएर केही व्यक्तिले अनलाईन पत्रकारिताकाे माध्यमबाट अतिरञ्जित गरिएकाे कार्यप्रति हाम्राे ध्यानाकर्षण भएकाे छ,’ विज्ञप्तिमा भनिएकाे छ ।
महालेखा परीक्षककाे पछिल्लाे प्रतिवेदनअनुसार थुलुङ दुधकाेशीकाे १ अर्ब ४ कराेड १२ लाख ५० हजार रुपैयाँकाे लेखा परीक्षण गर्दा १ कराेड ५१ लाख ४७ हजार बेरुजु देखिएकाे थियाे । जबकी उक्त बेरुज साेलुखुम्बुकाे ८ वटा पालिकामध्यकै कम हाे ।
‘बेरुजुलाई भ्रष्टाचारसँग जाेडिएर आएका समाचारमा कुनै सत्यता नरहेकाे र त्यस्ता मनसाय राखी पीतपत्ररिताका हिमायतीहरूले प्रेषित गरेकाे भ्रामक समाचारहरूकाे पछि नलाग्न आमजनसमुदायमा अपिल गरिन्छ,’ विज्ञप्तिमा छ, ‘समपरीक्षण गरी न्यून बेरुजु कायम भएकाे अवस्था देख्दादेख्दै समपरीक्षणअघिकाे महालेखा परीक्षककाे प्रारम्भिक प्रतिवेदन दिएर अतिरञ्जित गर्ने प्रयास गरेकाे स्पष्ट नै छ ।’
यस्तै पालिकाले शून्य बेरुजु कायम हुनेगरी कार्यसम्पादन गरिरहेकाे समेत दाबी गरेको छ ।
विज्ञप्तिः
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












