एमाले पोलिटब्युरो बैठक सकियो, केन्द्रीय कमिटी बैठकका ११ एजेन्डा तय
भदाै ९, काठमाडाें । नेकपा (एमाले) को पोलिटब्युरो बैठकले शुक्रबारबाट सुरू हुने केन्द्रीय कमिटी बैठकमा पेश हुने ११ वटा एजेन्डा तय गरेको छ । बिहीबार बसेको बैठकले केन्द्रीय कमिटीका एजेन्डा तय गरेको हो ।
चुनावी रणनीति तय गर्नका लागि बस्न लागेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीका राजनीति प्रतिवेदन पेस गर्ने मुख्य एजेन्डा छ । एमाले प्रचार विभाव प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार अध्यक्षको राजनीतिक प्रतिवेदनमा अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र सत्ता गठबन्धनका कामकारबाहीको तस्बिर प्रस्तुत हुनेछ ।
बैठकमा ओलीले राजनीति प्रतिवेदनका मूल स्परिटबारे जानकारी दिँदै नेताहरुका सुझाव मागेका थिए । ओलीले गत चुनावमा ठूलो धाँधली भएर केही संख्यात्मकरुपमा एमाले पछि परे पपुलर मत एमालेकै बलियो रहेको बताएका थिए ।
शुक्रबारबाट सुरु हुने बैठकले ४ नयाँ केन्द्रीय सदस्यहरुको शपथ र जिम्मेवारी बाँडफाँट, उम्मेदवारको छनौैट मापदण्ड पारित गर्नेछ । त्यस्तै स्थानीय तह चुनावका छानबिन समितिको कार्यदलको रिपोर्ट पेस कार्यसूची पनि छ ।
पार्टी सदस्यता नम्बर दोहोरो तेहेरो परेकाको हकमा विशेष निर्णय हुने पनि गुरुङले जानकारी दिए । त्यस्तै कन्द्रीय सल्लाहकार परिषद्को रिपोर्ट, भारत प्रवास कमिटीको नियमावली पनि पेस हुनेछ ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












