प्रहरी महानिरीक्षकद्वय सिंह र अर्याल अमेरिका प्रस्थान
काठमाडाैं । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिकातर्फ प्रस्थान गरेका छन् ।
बुधबारदेखि शुरु हुने तेस्रो संयुक्त राष्ट्रसङ्घका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी हुन दुवैजना गए राति न्युयोर्क प्रस्थान गरेका हुन् ।
सिंह र अर्यालसँगै प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद सापकोटा पनि त्यसतर्फ प्रस्थान गरेका हुन् । उक्त सम्मेलन तीन दिनसम्म चल्ने छ । प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा गएको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विदाई गरे ।
उक्त सम्मेलनमा संयुक्त राष्ट्र सङ्घीय प्रहरी र अन्य कानूनसम्बन्धी प्रणाली निर्माणका साथै प्रहरीभित्र लैङ्गिक समानतालाई अगाडि बढाउने सन्दर्भमा स्वैच्छिक कम्प्याक्टको सुरुवात, प्रहरी क्षमता अभिवृद्धि गर्दै संयुक्त राष्ट्र सङ्घीय प्रहरीको कार्यसम्पादन बढाउन जारी प्रयास तथा अन्तरराष्ट्रिय शान्ति, सुरक्षा सुदृढ पार्ने एवं संयुक्त राष्ट्र सङ्घीय प्रहरीका प्राथमिकतालगायत विषयमा छलफल हुनेछ ।
सो अवसरमा प्रहरी महानिरीक्षकद्वयले अन्य देशका प्रहरी प्रमुखसँग भेटघाट गरी साझा सुरक्षाका विषयमासमेत छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ । महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणादत्त पौडेलले दैनिक प्रशासनिक कामकाज सम्हाल्नेछन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












