ताजा समाचार

फुलकोर्टको संसदीय समितिलाई जवाफः बयानका लागि न्यायाधीश आउन मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशरुले महाभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय गरेका छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा मुछेका सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको फूल कोर्टको बैठकले यस्तो निर्णय गरेको हो ।

महाभियोग सिफारिस समितिले चोलेन्द्रले आरोप लगाएका दलका नेताबाहेकलाई बयान लिनका लागि पत्र पठाएकै भोलिपल्ट न्यायाधीशहरूले आफूहरूले जान नमिल्ने निर्णय गरेका छन् ।

महाभियोगसम्बन्धी कारबाही प्रक्रियाका सन्दर्भमा यस अदालतका न्यायाधीशले उपरोक्त लेखी आएअनुसार महाभियोग सिफारिस समितिमा उपस्थित हुनु र निजसँग सोधपुछ, सवाल-जवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्तिपृथकीकरणको सिद्धान्त र नेपालको संविधानले अङ्गिकार गरेका मान्यताहरू समेतका कुनै पनि दृष्टिले संविधानसम्मत् उचित र शोभनीय नहुने हुँदा प्राप्त हुन आएको पत्रानुसार कोही पनि न्यायाधीश उपस्थित हुन नमिल्ने भएकोले सोही व्यहोराको जानकारी महाभियोग सिफारिस समितिमा तत्काल लेखी पठाइदिने निर्णय बैठकले गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org