पुटिनले भने- परमाणु युद्धको जोखिम बढ्दैछ
मस्को । रुसका राष्टपति भ्लादिमिर पुटिनले परमाणु युद्धको जोखिम बढिरहेको बताएका छन् । तर उनले रुसले दिमागी सन्तुलन नगुमाएको र सुरुमा परमाणु अस्त्र प्रयोग नगर्ने जनाएका छन् । रुसी राष्ट्रपतिले आफ्नो देशले हमलाको जवाफमा मात्र आम विनाशकारी अस्त्र प्रयोग गर्नेमा जोड दिएका छन्।
रुसको मानवअधिकार परिषद्को वार्षिक बैठकमा बोल्दै उनले युक्रेन युद्ध एउटा लामो प्रक्रिया हुनसक्ने बताएका छन् । पश्चिमा अधिकारीहरू पुटिनले युद्धको सुरुवातमा छिट्टै जित हुने सोचेको ठान्छन् । रुसले फेब्रुअरीमा युक्रेन अतिक्रमण थालेयता मस्कोको परमाणु अस्त्र प्रयोग गर्ने क्षमता बढ्दो रूपमा अनुसन्धानको विषय बनेको छ। जोखिम बढेको र त्यसलाई लुकाउनु ठीक नहुने उनले जनाए । तर उनले रुसले कसैलाई पनि परमाणु अस्त्रले नधम्क्याउने बताए।
पुटिनले रुससँग विश्वमै सबैभन्दा आधुनिक र परिष्कृत परमाणु अस्त्रहरू रहेको समेत दाबी गर्दै आफ्ना परमाणु रणनीतिलाई अमेरिकासँग तुलना गरे ।जस क्रममा पुटिनले अमेरिकाले आफ्ना परमाणु अस्त्रहरू अरूका भूभागमा समेत राखेको बताए । पुटिनले यसअघि रुसको परमाणु मान्यता परमाणु अस्त्रको रक्षात्मक प्रयोगका लागि मात्र स्वीकार्य हुनेमा जोड दिएका थिए । उनले युक्रेनमा उल्लेख्य नतिजा देखा परिसकेको बताएका छन् । जस क्रममा उनले युक्रेनका चारवटा क्षेत्रमा भएका अन्तर्राष्ट्रिय मान्यता नपाएका जनमत सङ्ग्रह उल्लेख गरे। ती जनमत सङ्ग्रहमार्फत् रुसले गैर कानुनी रूपमा ती भूभाग दाबी गरेको छ।
उनको दाबी अनुसार ती क्षेत्र गाभ्ने कामले दक्षिण पूर्वी युक्रेन र दक्षिण पश्चिमी रुस सीमा रहेको एजोभ समुद्र रुसको एउटा आन्तरिक समुह बने को दाबी गर्दै उनले त्यसलाई रुसका जार पिटर द ग्रेटको लक्ष्य रहेको बताएका थिए । राष्ट्रपति पुटिनले आफूलाई १७औँ र १८औँ शताब्दीका शासकसँग तुलना गरेका छन् । यद्यपि खेअरसन, जापोरिजा, लुहान्स्क र डोनेत्स्क क्षेत्रलाई नयाँ रुसी भूभागका रूपमा दाबी गरे तापनि मस्कोले ती कुनै क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रण गर्दैन।
गत महिना रुसी फौज खेअरसन सहरबाट पछि हट्न बाध्य भएका थिए जुन उनीहरूले फेब्रुअरीयता कब्जा गरेको एकमात्र क्षेत्रिय राजधानी थियो।
रुसमा भने मानवअधिकार परिषद्सामु पुटिनको अतिक्रमणको कुनै सम्भावित आलोचनालाई रोकिएको छ। बुधवारसम्म चलेको बैठकमा युद्धबारे सन्देह राख्ने परिषद्का १० जना सदस्यलाई हटाएर उनीहरूका ठाउँमा युद्ध पक्षधरहरूलाई ल्याइएको थियो।- बीबीसी
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












