नेपालमा ३ प्रतिशतमात्रै नवीकरणीय ऊर्जाको उपयोग
काठमाडौं । कुल ऊर्जा खपतको ३ प्रतिशतमात्रै नवीकरणीय ऊर्जाको उपयोग भएको तथ्यांक नेपालको छ । पछिल्लो समय जलविद्युत् ऊर्जालाई समेत समेट्दा कुल ऊर्जा खपतको ८ प्रतिशत नवीकरणीय ऊर्जा उपयोग हुँदै आएको तथ्यांक सार्वजनिक भएको हाे ।
कुल खपतको झण्डै ६५ प्रतिशत हिस्सा अहिले पनि जैविक ऊर्जाको छ । २७ प्रतिशत आयातित खनिज इन्धन खपत भइरहेको तथ्यांक छ । खनिज इन्धनको उच्च प्रयोगले देशको आर्थिक भार बढेको छ । खनिज इन्धनको प्रयोगलाई क्रमशः घटाउँदै जलविद्युत्, सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जाको उत्पादन र उपयोग बढाउँदा आर्थिक, वातावरणीय र मानवीय स्वास्थ्यलगायत बहुआयामिक क्षेत्रमा नेपाललाई फाइदा पुग्ने काठमाण्डौमा भैरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीले जोड दिएका छन् ।
नवीकरणीय ऊर्जा प्रयोग तथा जलवायु परिवर्तनबारे भइरहेका अन्तर्राष्ट्रिय अभ्यास, सिकाइ र अनुभव आदानप्रदान गर्ने उद्देश्यले काठमाडौंमा हिजो आइतबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । ‘शतप्रतिशत नवीकरणीय ऊर्जा स् नीति, अभ्यास र अनुभव’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आज सोमबार सकिनेछ ।
विश्वका अन्य देशहरूमा ऊर्जाका क्षेत्रमा प्रयोग गरेका नवीनतम प्रविधि र प्रयोगहरूका बारेमा जान्न र सिक्नका लागि यो सम्मेलन फलदायी हुने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले दाबी गरेको छ । सम्मेलनमा अन्तर्राष्ट्रियरराष्ट्रिय गैरसरकारी सङ्घसंस्थासँगै दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अफ्रिका र युरोपका १६ देशबाट ७० भन्दा धेरै प्रतिनिधिको सहभागिता रेहेको छ । नेपाल सरकारले सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्य लिएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












