‘वर्तमान सरकारले युवा र खेलाडीलाई सबैभन्दा धेरै प्राथमिकता दिएको छ’
भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले युवा र खेलाडीलाई धेरै प्राथमिकता दिएको बताउनु भएको छ । चितवनको भरतपुरमा नेपाल कराँते महासङ्घको सातौँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स मिट्स प्रतियोगिताका लागि आयोजित समारोहलाई भर्चुअल सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारबाट शनिबार भर्चुअल सम्बोधनका क्रममा उहाँले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रममा उपस्थित भएर सम्बोधन गर्ने गरेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्त्व दिएको छु । तीन महिनाको अवधिमा मैदानमै पुगेर खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कृत गरेको छु ।’
प्रधानमन्त्री दाहालले खेल क्षेत्रका कार्यक्रममा उपस्थित भएर सम्बोधन गर्ने र खेल क्षेत्रसँग सम्बन्धित पदाधिकारीलाई बोलाएर यसको विकास, खेलाडीको भविष्य निर्माण र भविष्यमा खेल क्षेत्रमा देशको उचाइ कसरी बढाउन सकिन्छ भन्नेबारे निरन्तर संवाद र अन्तरक्रिया गर्दै आएको उल्लेख गर्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को सहयोगमा नेपाल कराँते महासंघको सातौँ प्रशिक्षक प्रशिक्षण आयोजना गरिएकामा प्रधानमन्त्री प्रचण्डले सफलताको शुभेच्छासहित सम्पूर्ण खेलाडीको उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको कामना गर्नुभयो । विसं २०३८ सालदेखि औपचारिक रूपमा ७७ जिल्लामा नै संस्थागत संरचना निर्माण भएर लाखौैँ खेलाडी आबद्ध रहेको कराँते खेल देशका लागि मात्र नभएर अन्तर्राष्ट्रिय गौरवको विषयसमेत बनेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












