फेरि अर्को समूह मिटर ब्याजपीडित आन्दोलनमा
काठमाडौ। मिटरब्याज पीडितको दोस्रो टोली काठमाण्डौमा आएर सोमबार विभिन्न माग राख्दै प्रदर्शन गरेका छन् । देशका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको दोस्रो टोली काठमाण्डौमा आएर माइतीघर मण्डलमा मिटरब्याजविरुद्ध प्रदर्शन गरेका हुन् ।
माइतीघर मण्डलबाट भद्रकालीसम्म विरोध र्याली गरेर उनीहरूले सिंहदरबार अगाडि कार्यक्रम गरे । यसअघि शनिवार सरकार र मिटरब्याज पीडितबीच समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्नेसहितको पाँच बुँदे सहमति भएको थियो । सरकारसँगको सहमति फितलो रहेको भन्दै उनीहरूले आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
सरकारले तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको एउटा समितिसँग पाँच बुँदे सहमति गरेको छ । तर सरकारले एउटा समूहका पीडितसँग सहमति गरेको दुई दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाण्डौ आएर आन्दोलन सुरु गरेका छन् ।
सोमवार काठमाण्डौमा आएका मिटिरब्याज पीडितहरूले मिटरब्याजविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्ने लगायतका विभिन्न माग राखेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर मोर्चा लेखिएको ब्यानरमा आबद्ध भएर पीडितले किसानको भूमि फिर्ता गर, फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर, मिटर ब्याजीलाई कारबाही गर, झुटा आश्वासन बन्द गर, उत्पीडित किसान एक हौँ भन्ने नारासमेत लगाएका छन् ।
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...











