फेरि अर्को समूह मिटर ब्याजपीडित आन्दोलनमा
काठमाडौ। मिटरब्याज पीडितको दोस्रो टोली काठमाण्डौमा आएर सोमबार विभिन्न माग राख्दै प्रदर्शन गरेका छन् । देशका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको दोस्रो टोली काठमाण्डौमा आएर माइतीघर मण्डलमा मिटरब्याजविरुद्ध प्रदर्शन गरेका हुन् ।
माइतीघर मण्डलबाट भद्रकालीसम्म विरोध र्याली गरेर उनीहरूले सिंहदरबार अगाडि कार्यक्रम गरे । यसअघि शनिवार सरकार र मिटरब्याज पीडितबीच समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्नेसहितको पाँच बुँदे सहमति भएको थियो । सरकारसँगको सहमति फितलो रहेको भन्दै उनीहरूले आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
सरकारले तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको एउटा समितिसँग पाँच बुँदे सहमति गरेको छ । तर सरकारले एउटा समूहका पीडितसँग सहमति गरेको दुई दिनपछि देशभरका मिटरब्याज पीडितको अर्को टोली काठमाण्डौ आएर आन्दोलन सुरु गरेका छन् ।
सोमवार काठमाण्डौमा आएका मिटिरब्याज पीडितहरूले मिटरब्याजविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्ने लगायतका विभिन्न माग राखेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर मोर्चा लेखिएको ब्यानरमा आबद्ध भएर पीडितले किसानको भूमि फिर्ता गर, फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर, मिटर ब्याजीलाई कारबाही गर, झुटा आश्वासन बन्द गर, उत्पीडित किसान एक हौँ भन्ने नारासमेत लगाएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












