पोखराबाट प्रभु हेलिकोप्टरको ‘माउन्टेन फ्लाइट’, नेपालीलाई विशेष अफर
पोखरा । पछिल्लो समय पोखराबाट माउन्टेन फ्लाइट राम्रोसँग चलिरहेको छ । पछिल्लो समय माउन्टेन फ्लाइटमा नेपाली तथा विदेशी दुवैतर्फका पर्यटकहरूको आकर्षण रहेको पर्यटन व्यवसायीहरू बताउँछन् । सिटी अफिसले पोखराबाट विभिन्न गन्तव्यसम्मको माउन्टेन फ्लाइटमा नेपालीहरूका लागि अफर समेत सञ्चालन गरिरहेको छ । जसअन्तर्गत अन्नपूर्ण बेस क्याम्पका लागि ३५ हजार, मार्दीका लागि २७ हजार, कोरीका लागि ३५ हजार, कपुचेका लागि २५ हजार र खुमाई डाँडाका लागि २२ हजार रुपैयाँ शुल्क कायम गरिएको छ ।
सबै ठाउँमा अहिले हिउँ परिरहेको सिटीका म्यानेजर सुजन जोशीले जानकारी दिए । पछिल्लो समय विवाह हुनु अगाडि तस्वीरहरू खिचाउने प्रचलन बढ्दै गएको छ । कम्पनीले त्यस्ता व्यक्तिहरूलाई हिमाली क्षेत्रमा सुन्दर प्राकृतिक वातावरणमा फोटो खिचाउन समेत हेलिकोप्टर उपलब्ध गराउँदै आएको छ ।
अन्नपूर्ण बेस क्याम्प
समुद्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण बेस क्याम्प पोखराबाट छोटो पदयात्राका लागि समेत लोकप्रिय रहेको छ । क्याम्पबाट ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल, ६ हजार ९ सय ९३ मिटर अग्लो माछापुच्छ्रे हिमालका साथै ७ हजार २ सय १९ मिटर अग्लो अन्नपूर्ण साउथ र ७ हजार ५ सय ५५ मिटर अग्लो अन्नपूर्ण थर्ड देख्न सकिन्छ । हेलिकोप्टरमा गएर मनोरम दृश्यावलोकन गर्नका लागि पर्यटकको निकै रोजाइमा पर्ने गरेको गन्तव्य हो यो ।
मार्दी बेस क्याम्प
अन्नपूर्ण सर्किटमा रहेका गन्तव्यहरू मध्ये मार्दी हिमाल बेसक्याम्प निकै नै प्रसिद्ध क्याम्प हो । क्याम्पबाट अन्नपूर्ण रेञ्ज, धौलागिरी, माछापुच्छ्रे, मनास्लु लगायतका हिमाल तथा हरियाली जंगल तथा स्थानीय बस्तीहरू समेत अवलोकन गर्न सकिन्छ ।
कपुचे हिमताल
कपुचे हिमताल नेपालको अन्नपूर्ण क्षेत्रको नयाँ पदमार्ग हो । नेपालका सबै हिमताल समुद्री सतहको ४००० मिटर माथि अवस्थित छन तर कपुचे भने समुद्री सतहबाट जम्मा २,५४६ मिटरमा मात्र छ । मुख्यतः अन्नपूर्ण दुई र चार, तथा लमजुङ हिमालबाट बेला बेला आइरहने हिमपहिरो नै कपुचे तालको स्रोत हो । पछिल्लो समय कपुचे हिमताल अवलोकनका लागि पर्यटकहरू निकै नै लालायित हुने गरेका छन् ।
खुमै डाँडा
माछापुच्छ्रे गाउँपालिका– १ मा पर्ने खुमैडाँडा समुद्री सतहदेखि ३ हजार २४५ मिटर उचाइमा पर्छ । हिउँ पर्ने समयमा सो डाँडामा हिउँले सेताम्मे हुन्छ । पर्यटकहरू हिउँ खेल्नका लागि खुमै डाँडा पुग्ने गरेका छन् ।
कसरी पुग्ने ?
पोखराको पुरानो एयरपोर्ट लेकसाइडबाट पिक एण्ड ड्रप गर्ने व्यवस्था गरिएको छ । एक हेलिकप्टरमा ४ जना जान सकिने भएकाले पछिल्लो समय हेलिकोप्टरबाट सहजै यी गन्तव्यहरूमा पुग्न सकिन्छ । हेलिकोप्टरबाट करिब ३० मिनेटमा नै यी गन्तव्यहरूमा सहजै पुग्न सकिन्छ । उडानका क्रममा देखिएका डाँडाकाँडा तथा थुम्काहरूले मन निकै लोभ्याउँछ । दृश्यावलोकनका साथै फोटो खिच्न पनि त्यहाँ निकै आनन्द आउँछ ।
कसरी बुकिङ गर्ने ?
प्रभु हेलिकोप्टरले अनलाइनमार्फत नै बुकिङ गर्ने सेवा पनि दिँदै आएको छ । यसबाहेक कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गरि बुकिङका लागि आवश्यक प्रक्रिया पूरा गर्न सकिनेछ । साथै कम्पनीको पोखरास्थित कार्यालयबाट पनि सहजै बुकिङ गर्न सकिनेछ । कम्पनीका पोखरा कार्यालयका म्यानेजर सुजन जोशीको सम्पर्क नम्बर ९८५६०२७३२३ मा समेत सम्पर्क गरि बुकिङ गर्न सकिनेछ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












