पोखराबाट प्रभु हेलिकोप्टरको ‘माउन्टेन फ्लाइट’, नेपालीलाई विशेष अफर
पोखरा । पछिल्लो समय पोखराबाट माउन्टेन फ्लाइट राम्रोसँग चलिरहेको छ । पछिल्लो समय माउन्टेन फ्लाइटमा नेपाली तथा विदेशी दुवैतर्फका पर्यटकहरूको आकर्षण रहेको पर्यटन व्यवसायीहरू बताउँछन् । सिटी अफिसले पोखराबाट विभिन्न गन्तव्यसम्मको माउन्टेन फ्लाइटमा नेपालीहरूका लागि अफर समेत सञ्चालन गरिरहेको छ । जसअन्तर्गत अन्नपूर्ण बेस क्याम्पका लागि ३५ हजार, मार्दीका लागि २७ हजार, कोरीका लागि ३५ हजार, कपुचेका लागि २५ हजार र खुमाई डाँडाका लागि २२ हजार रुपैयाँ शुल्क कायम गरिएको छ ।
सबै ठाउँमा अहिले हिउँ परिरहेको सिटीका म्यानेजर सुजन जोशीले जानकारी दिए । पछिल्लो समय विवाह हुनु अगाडि तस्वीरहरू खिचाउने प्रचलन बढ्दै गएको छ । कम्पनीले त्यस्ता व्यक्तिहरूलाई हिमाली क्षेत्रमा सुन्दर प्राकृतिक वातावरणमा फोटो खिचाउन समेत हेलिकोप्टर उपलब्ध गराउँदै आएको छ ।
अन्नपूर्ण बेस क्याम्प
समुद्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण बेस क्याम्प पोखराबाट छोटो पदयात्राका लागि समेत लोकप्रिय रहेको छ । क्याम्पबाट ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल, ६ हजार ९ सय ९३ मिटर अग्लो माछापुच्छ्रे हिमालका साथै ७ हजार २ सय १९ मिटर अग्लो अन्नपूर्ण साउथ र ७ हजार ५ सय ५५ मिटर अग्लो अन्नपूर्ण थर्ड देख्न सकिन्छ । हेलिकोप्टरमा गएर मनोरम दृश्यावलोकन गर्नका लागि पर्यटकको निकै रोजाइमा पर्ने गरेको गन्तव्य हो यो ।
मार्दी बेस क्याम्प
अन्नपूर्ण सर्किटमा रहेका गन्तव्यहरू मध्ये मार्दी हिमाल बेसक्याम्प निकै नै प्रसिद्ध क्याम्प हो । क्याम्पबाट अन्नपूर्ण रेञ्ज, धौलागिरी, माछापुच्छ्रे, मनास्लु लगायतका हिमाल तथा हरियाली जंगल तथा स्थानीय बस्तीहरू समेत अवलोकन गर्न सकिन्छ ।
कपुचे हिमताल
कपुचे हिमताल नेपालको अन्नपूर्ण क्षेत्रको नयाँ पदमार्ग हो । नेपालका सबै हिमताल समुद्री सतहको ४००० मिटर माथि अवस्थित छन तर कपुचे भने समुद्री सतहबाट जम्मा २,५४६ मिटरमा मात्र छ । मुख्यतः अन्नपूर्ण दुई र चार, तथा लमजुङ हिमालबाट बेला बेला आइरहने हिमपहिरो नै कपुचे तालको स्रोत हो । पछिल्लो समय कपुचे हिमताल अवलोकनका लागि पर्यटकहरू निकै नै लालायित हुने गरेका छन् ।
खुमै डाँडा
माछापुच्छ्रे गाउँपालिका– १ मा पर्ने खुमैडाँडा समुद्री सतहदेखि ३ हजार २४५ मिटर उचाइमा पर्छ । हिउँ पर्ने समयमा सो डाँडामा हिउँले सेताम्मे हुन्छ । पर्यटकहरू हिउँ खेल्नका लागि खुमै डाँडा पुग्ने गरेका छन् ।
कसरी पुग्ने ?
पोखराको पुरानो एयरपोर्ट लेकसाइडबाट पिक एण्ड ड्रप गर्ने व्यवस्था गरिएको छ । एक हेलिकप्टरमा ४ जना जान सकिने भएकाले पछिल्लो समय हेलिकोप्टरबाट सहजै यी गन्तव्यहरूमा पुग्न सकिन्छ । हेलिकोप्टरबाट करिब ३० मिनेटमा नै यी गन्तव्यहरूमा सहजै पुग्न सकिन्छ । उडानका क्रममा देखिएका डाँडाकाँडा तथा थुम्काहरूले मन निकै लोभ्याउँछ । दृश्यावलोकनका साथै फोटो खिच्न पनि त्यहाँ निकै आनन्द आउँछ ।
कसरी बुकिङ गर्ने ?
प्रभु हेलिकोप्टरले अनलाइनमार्फत नै बुकिङ गर्ने सेवा पनि दिँदै आएको छ । यसबाहेक कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गरि बुकिङका लागि आवश्यक प्रक्रिया पूरा गर्न सकिनेछ । साथै कम्पनीको पोखरास्थित कार्यालयबाट पनि सहजै बुकिङ गर्न सकिनेछ । कम्पनीका पोखरा कार्यालयका म्यानेजर सुजन जोशीको सम्पर्क नम्बर ९८५६०२७३२३ मा समेत सम्पर्क गरि बुकिङ गर्न सकिनेछ ।
Comments
अरु समाचार
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...












