चीनसँग सिमाना जोडिएका राज्यमा भारतको विशेष सुरक्षा योजना
अरुणाचल । भारतको अरुणाचल प्रदेशको सीमावर्ती गाउँ किबिथुमा ‘भाइब्रन्ट भिलेज प्रोगाम’सुरुवात भएको छ । गृहमन्त्री अमित साहले शुभारम्भ गरेको उक्त कार्यक्रम सीमा क्षेत्रको शान्तिसुरक्षालाई ध्यानमा राखेर ल्याइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उद्घाटन समारोहम बोल्दै गृहमन्त्री साहले मुलुकको सुरक्षामा सरकार सँधै चनाखो र प्रतिबद्ध रहने घोषणा गरे । उनले अरुणाचल सरकारका नौ लघु जलविद्युत परियोजना र इन्डो–तिब्बत सीमा प्रहरी (आईटीबीपी) को १४ वटा पूर्वाधार परियोजनाको उद्घाटन गरेका हुन् ।
सिक्किम, उत्तराखण्ड, हिमाचल प्रदेश र केन्द्र शासित प्रदेश लद्दाखको उत्तरी सीमामा रहेका १९ जिल्लाका ४६ वटा ब्लकका दुई हजार ९६७ गाउँलाई समेट्ने गरी भारत सरकारले ल्याएको उक्त रणनीतिक परियोजनाले सीमा क्षेत्रमा विकासले फड्को मार्ने भारत सरकारले विश्वास लिएको छ । पहिलो चरणमा ११ जिल्लाका ६६२ गाउँका २८ ब्लक र एक हजार ४५१ गाउँका करिब एक लाख ४२ हजार जनसंख्यालाई समेटेर कार्य थालनीको योजना भारत सरकारले बनाएको छ ।
परियोजना सन् २०२६ सम्म सम्पन्न गर्ने लक्ष्य छ । कार्यक्रममा बोल्दै गृहमन्त्रीले अरुणाचलका सबै जनतामा आधारभूत सेवाको पहुँच र पर्यटन प्रवद्र्धन मुलुकको पहिलो प्राथमिकता रहेको बताए । भारतीय समाचार संस्था इण्डिया न्युज नेटवर्कका अनुसार पाँच वर्षे योजनाले बसाइँसराइका कारण उजाड बनेको गाउँघरलाई पहिल्यैको अवस्थामा फर्काउने छ ।
‘भाइब्रन्ट भिलेज प्रोगाम’ अन्तर्गत प्रदेशको दुर्गममा रहेका समुदायलाई विद्युत उपलब्ध गराउन ७ सय २५ किलोवाट क्षमताका नौ वटा लघु जलविद्युत परियोजना पनि अघि बढाइएको छ । यसमा कम्तीमा तीन करोड भारतीय रुपैयाँ खर्च हुनेछ । यता चीनले उक्त प्रदेशका अधिकांश भूभाग आफ्नो रहेको दाबी गर्दै आएको छ । उसले गत साता अरुणाचलका झण्डै एक दर्जन स्थानको नाम स्थानीय तिब्बती भाषामा राखेको थियो । त्यसको भारतले चर्को प्रतिक्रियासहित विरोध र खण्डन गरेको छ ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












