डोल्पामा केन्द्रीय प्रसारण लाइनको परीक्षण सुरु
काठमाडौं । डोल्पाको दुनैसम्म केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सुरु भएको छ । रुकुमपश्चिमको त्रिवेणीबाट डोल्पाको दुनैसम्मको प्रसारण लाइनको परीक्षण आजदेखि सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ ।
डोल्पामा दुई वर्षअघि केन्द्रीय प्रसारण लाइन निर्माण सुरु भएको थियो । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको गोतामबाट त्रिवेणी हुँदै डोल्पाको त्रिपुराकोटबाट सदरमुकाम दुनैसम्म परीक्षण सुरु भएको र दुई हप्ताभित्र दुनैसम्म विद्युत् सेवा सञ्चालन गर्न सकिने प्रदेश कार्यालयको भनाइ छ ।
जाजरकोट खण्डमा समेत पोल गाड्नेदेखि प्रसारण लाइनको कामा भइरहेको प्रदेश कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमै दुनैसम्म बत्ती बाल्ने योजना भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण चालु आर्थिक वर्षको अन्तिम चौमासिकमा निर्माण सम्पन्न भएको हो । जसबाट एघार केभी प्रसारण लाइन अहिले यहाँ पु¥याउन लागिएको हो भने ३३ केभी प्रसारण लाइनको सब स्टेसन त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र त्रिपुराकोटमा निर्माण जारी छ ।
जाजरकोट सदरमुकामदेखि डोल्पाको दुनैसम्म एक सय १८ किलोमिटर लम्बाइ छ । जाजरकोट डोल्पा सडक खण्डसँगै जोडेर काम भइरहेको छ । जाजरकोटको नलगाड नगरपालिकाको चौखामा सबस्टेसनको कामसमेत निरन्तर जारी छ ।
डोल्पाको पालिकास्तरमा विद्युतीकरणका लागि अघिल्लो आवमा ठेक्का लागेपछि काम भने अहिले सुरु भएको विद्युत् प्राद्यिकरण डोल्पा वितरण केन्द्रले जनाएको छ । मुख्य लाइनबाट सहायक लाइन निर्माण गरी तल्लो र मध्य डोल्पामा विद्युतीकरणका लागि काम सुरु गरिएको हो ।
मुडकेचुला, जगदुल्ला, ठुलीभेरी, त्रिपुरासुन्दरीका गाउँगाउँमा विद्युत् लिनका लागि सहायक लाइन निर्माण गर्नुभएको ठेक्काअनुसार काम भइरहेको छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












