जन्म, मृत्यु घटना दर्ता शतप्रतिशत पु्याउने विभागको तयारी
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कृष्ण पौडेलले सन् २०२४ सम्ममा जन्म र मृत्युका घटना दर्तामा शत् प्रतिशत पु्याउन विभाग तयारी रहेको बताउनुभयो ।
नेपाल सरकारले संयुक्त राष्ट्रङ्घको महासन्धिमा सन् २०२४ सम्ममा घटना दर्ता शतप्रतिशत पु्याउने लक्ष्य राखेको थियो । सोहीअनुसार स्थानीय तहमार्फत् विभाग प्रयासरत रहेको छ । “व्यक्तिगत घटना दर्ता सप्ताह अवधि लगायतका समयमा नागरिकलाई सुसूचित गराउन विभिन्न माध्यमबाट भिडियो, अडियोसहितका सन्देशमूलक सूचनाबाट जनचेतना अभिवृद्धि गरिएका छौँ । जसबाट घटना दर्तामा वृद्धि हुने क्रम बढ्दै जाने अपेक्षा रहेको छ”, विभागका निर्देशक पौडेलले भन्नुभयो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा व्यवस्था भएबमोजिम कुनै पनि घटना घटेको ३५ दिनभित्र गर्नुपर्ने प्रावधान रहेको तर नागरिकलाई घटना दर्ताको महत्वबारे जानकार भएपछि र आवश्यकता पर्दा मात्र दर्ता गर्ने प्रवृत्तिको अन्त्य गर्न जनचेतना अभिवृद्धि गर्नु नै लक्ष्य प्राप्तिको प्रमुख उपाय रहेको उहाँको भनाइ छ ।
कानुनमा रहेका व्यवस्थाको पूर्ण परिपालना होस् भनी नागरिकमाझ सचेतना अभिवृद्धि गर्न सप्ताह मनाउँदैै आएको निर्देशक पौडेलले बताउनुभयो । देशभर छ हजार सात सय ४३ वटै वडामा व्यक्तिगत घटना दर्ता हुने गरेको छ । इन्टरनेट तथा विद्युतीय पूर्वाधारको पहुँच नपुगेका कारण एक सय ६३ वडामा बाहेक अन्य वडामा अनलाइनमार्फत दर्ता हुने गरेको छ ।
डिजिटलाइजेशन प्रक्रियालाई प्राथमिकता दिन भौगोलिक विकटताका कारण पहुँच नपुगेका जिल्लामा इन्टरनेट र विद्युत्को विस्तार गर्नको लागि सम्बन्धित मन्त्रालयलाई पत्राचार गरेकोमा प्रयास गर्ने जानकारी आएको उहाँले बताउनुभयो । “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा स्वास्थ्य संस्थामा भएका घटनाको विवरण सम्बन्धित वडा कार्यलयमा जानकारी गराउने संयन्त्रको विकास गर्न अघिल्लो वर्ष ३० वटा संस्थाबाट नमूना परीक्षण सफल भइसकेको छ”, निर्देशक पौडेलले भन्नुभयो । यसको प्रभावकारितालाई विस्तार गर्न मन्त्रालयले जन्म सूचना व्यवस्थापन प्रणाली (बीआईएमएस) र मृत्यु सूचना व्यवस्थापन प्रणाली (डिआईएमएस) मार्फत प्राप्त भएका व्यक्तिका विवरणलाई सम्बन्धित वडामा जानकारी गराई दर्ता गरेको उहाँले जानकारी दिनुभयो ।
जसको प्रभावकारिता अभिवृद्धि गर्न मन्त्रालयले अन्य ठाउँमा पनि विस्तार गर्ने जनाइएको छ । सन् २०२४ सम्ममा शतप्रतिशत पु¥्याउने विभागको लक्ष्यअनुसार विभाग प्रयासरत रहे तापनि राष्ट्रिय जनगणना अनुसार पाँच वर्ष वा सो भन्दा कम उमेरका बालबालिकामध्ये ७४ प्रतिशतको मात्र जन्मदर्ता भएको छ ।
नेपालमा व्यक्तिगत घटना दर्ता सम्बन्धमा “जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना ९दर्ता गर्ने० ऐन, २०३३” आएपछि २०३४ वैशाख १ गतेदेखि १० जिल्लाबाट सुरु गरी १७ चरणमा विस्तार भयो । त्यस्तै २०४७ वैशाख १ बाट नेपालभर लागू भएको व्यक्तिगत घटना दर्ता हाल राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ र नियमावली, २०७७ लगायतका कानुनद्वारा व्यवस्थित गरिएको छ ।
विभागका अनुसार हाल अनलाइनमार्फत दर्ता गर्ने सङ्ख्यामा २५ लाख ७५ हजार तीन सय ५२ जन्मदर्ता, ६४ लाख आठ सय ७९ मृत्युदर्ता, ५७ लाख पाँच हजार पाँच सय ५६ बसाइँसराइ दर्ता भएका छन् ।
त्यस्तै १० लाख ३५ हजार चार सय ६२ विवाह दर्ता, ४२ हजार सात सय ७६ सम्बन्धविच्छेद दर्ता भएका छन् । जुन अनलाइन सूचना प्रणालीबाट व्यक्तिगत घटना दर्ता गर्ने वडा कार्यालयको सङ्ख्या छ हजार पाँच सय ८४ रहेको छ । व्यक्तिगत घटना दर्ताको महत्वसम्बन्धी सचेतनाको कमी, व्यक्तिगत घटना दर्तासम्बन्धी प्रचारप्रसारको कमी, स्रोत तथा साधनको सीमितता र दुर्गम वडामा इन्टरनेटको पहुँचको अभावका बाबजुद सन् २०२४ सम्म जन्म र मृत्युसम्बन्धी घटना दर्ता शतप्रतिशत पु्याउनु पर्ने दायित्व रहेको विभागले जनाएको छ ।
व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तिका लागि जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेद लगायतका व्यक्तिगत घटना घटेको ३५ दिनभित्र आफ्नो वडा कार्यालयमा दर्ता गराउन विभागले आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












