लामो समयदेखि बन्द चीनतर्फका सबै नाका आजदेखि खुल्दै
काठमाडौ. । लामो समयदेखि बन्द रहेका चीनतर्फका सबै नाका आजदेखि खुलेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच गएको चैतमा चीनमा भएको भेटका क्रममा मे १ तारिख अर्थात् आजदेखि सिन्धुपाल्चोकको तातोपानी, हुम्लाको यारीसहित चीनतर्फका सबै नाका खुला गर्ने सहमति भएको थियो ।
सहमति अनुसार आजदेखि सिन्धुपाल्चोकको तातोपानीसहितका नाका खुल्नेछन् । उद्योग मन्त्री रमेश रिजालका अनुसार यसअघि भएको सहमति अनुसार नाका खुल्नेछ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार तातोपानी नाकामा कन्टेनर पठाउन तयारी अवस्थामा छ । उताबाट पनि कन्टेनर आउनेछन् । तातोपानी नाका भूकम्पपछि बन्द भएको थियो । त्यसपछि बीचमा कार्गो सामान आयात भए पनि नाका पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन ।
चीनतर्फका नाकाहरूमा रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी, मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला रहेका छन् । रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको यारी मुख्य व्यापारिक नाका हुन् । रसुवागढी र तातोपानी नाकाबाट सामान आयातरनिर्यात धेरै हुने गर्छ । रसुवागढीबाट आयातरनिर्यात खुला भइसकेको छ । त्यस्तै, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी र डोल्पाको उत्तरी नाकासमेत खुला हुने उद्योग मन्त्रालयले जनाएको छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












