सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसंघीय प्रतिनिधि पठाइँदै
सुडान । सुडानमा देखिएको ‘अकल्पनीय’ परिस्थितिलाई समन्वय गरी सामान्य पार्न संयुक्त राष्ट्रसङ्घीय दूतलाई त्यहाँ पठाइने भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले खार्तूममा सेना र सशस्त्र अर्धसैनिक बलबीच व्यापक हिंसात्मक लडाईं जारी भएपछि यो घोषणा गर्नुभएको हो ।
महासचिव गुटेर्रेसले सुडानमा युद्धविराम घोषणाको ७२ घण्टामा सहमतिलाई व्यापक रूपमा उल्लङ्घन गरिएको भन्ने जानकारीपछि नयाँ टाली त्यसतर्फ पठाउन निर्देशन दिनुभएको प्रवक्ता स्टेफन दुजारिकले बताउनुभयो । संयुक्त राष्ट्रसंघको आपतकालीन राहत संयोजक मार्टिन ग्रिफिथ्सले आइतबार एक छुट्टै वक्तव्य जारी गर्दै सुडानको मानवीय अवस्था बिग्रँदै गएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “रातारात अकल्पनीय तथा कहालीलाग्दो हिंसा यापन गरेका लाखौं मानिसलाई तत्काल कसरी राहत दिन सकिन्छ भनेर खोजी गर्न म यस क्षेत्रमा जाँदैछु ।” तथापि, मानवीय कार्यालयहरू र गोदामहरूमा भएको ठूलो लुटपाटले ‘हाम्रा अधिकांश आपूर्तिहरू नष्ट गरिदिएको थियो । थप सामग्री ल्याउन र वितरण गर्न तत्काल उपायको खोजी गरिरहेका छौं,” उहाँले भन्नुभयो । उहाँले थप्नुभयो, “त्यहाँको समाधान भनेको युद्ध रोक्नु हो ।”
गत अप्रिल १५ मा भएको हिंसात्मक झडपमा परी ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने दशौँ हजार मानिस आफ्नो घरछ ोडेर देश भित्र वा विदेशमा सुरक्षित स्थानमा जान बाध्य भएका छन् । “सुडानमा तीव्र गतिमा बिग्रँदो मानवीय सङ्कटलाई मध्यनजर गर्दै ग्रिफिथ्सको त्यसतर्फ जान लागेको गर्दै प्रवक्ता स्टेफन दुजारिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सुडानका लागि राष्ट्रसङ्घीय प्रतिनिघिले तत्काल यस क्षेत्रको भ्रमण गर्नुहुनेछ ।”
उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सुडानमा जुन परिमाणमा मानिसहरू हताहत भएका छन् त्यो अकल्पनीय छ । “हामी निकै चिन्तित छौं ।”ग्रिफिथ्सका अनुसार परिवारहरू पानी, खाद्यान्न, ईन्धन र अन्य वस्तुहरू प्राप्त गर्न संघर्ष गरिरहेका छन्, केहीले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूबाट बाहिर ढुवानीको लागतको कारण स्थानान्तरण गर्न असमर्थ छन् ।
उहाँले भन्नुभयो, “स्वास्थ्य सेवा तत्कालका लागि अत्यन्तै सीमित छ, जसले रोकथाम गर्न सकिने मृत्युको जोखिम बढाउँछ ।”सुडानको बन्दरगाहमा पाँच कन्टेनर इन्ट्राभेनस फ्लुइड र अन्य आपतकालीन सामग्रीहरू अधिकारीहरूको स्वीकृतिको पर्खाइमा राखिएको उहाँले बताउनुभयो ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












