सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसंघीय प्रतिनिधि पठाइँदै
सुडान । सुडानमा देखिएको ‘अकल्पनीय’ परिस्थितिलाई समन्वय गरी सामान्य पार्न संयुक्त राष्ट्रसङ्घीय दूतलाई त्यहाँ पठाइने भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले खार्तूममा सेना र सशस्त्र अर्धसैनिक बलबीच व्यापक हिंसात्मक लडाईं जारी भएपछि यो घोषणा गर्नुभएको हो ।
महासचिव गुटेर्रेसले सुडानमा युद्धविराम घोषणाको ७२ घण्टामा सहमतिलाई व्यापक रूपमा उल्लङ्घन गरिएको भन्ने जानकारीपछि नयाँ टाली त्यसतर्फ पठाउन निर्देशन दिनुभएको प्रवक्ता स्टेफन दुजारिकले बताउनुभयो । संयुक्त राष्ट्रसंघको आपतकालीन राहत संयोजक मार्टिन ग्रिफिथ्सले आइतबार एक छुट्टै वक्तव्य जारी गर्दै सुडानको मानवीय अवस्था बिग्रँदै गएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “रातारात अकल्पनीय तथा कहालीलाग्दो हिंसा यापन गरेका लाखौं मानिसलाई तत्काल कसरी राहत दिन सकिन्छ भनेर खोजी गर्न म यस क्षेत्रमा जाँदैछु ।” तथापि, मानवीय कार्यालयहरू र गोदामहरूमा भएको ठूलो लुटपाटले ‘हाम्रा अधिकांश आपूर्तिहरू नष्ट गरिदिएको थियो । थप सामग्री ल्याउन र वितरण गर्न तत्काल उपायको खोजी गरिरहेका छौं,” उहाँले भन्नुभयो । उहाँले थप्नुभयो, “त्यहाँको समाधान भनेको युद्ध रोक्नु हो ।”
गत अप्रिल १५ मा भएको हिंसात्मक झडपमा परी ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने दशौँ हजार मानिस आफ्नो घरछ ोडेर देश भित्र वा विदेशमा सुरक्षित स्थानमा जान बाध्य भएका छन् । “सुडानमा तीव्र गतिमा बिग्रँदो मानवीय सङ्कटलाई मध्यनजर गर्दै ग्रिफिथ्सको त्यसतर्फ जान लागेको गर्दै प्रवक्ता स्टेफन दुजारिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सुडानका लागि राष्ट्रसङ्घीय प्रतिनिघिले तत्काल यस क्षेत्रको भ्रमण गर्नुहुनेछ ।”
उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सुडानमा जुन परिमाणमा मानिसहरू हताहत भएका छन् त्यो अकल्पनीय छ । “हामी निकै चिन्तित छौं ।”ग्रिफिथ्सका अनुसार परिवारहरू पानी, खाद्यान्न, ईन्धन र अन्य वस्तुहरू प्राप्त गर्न संघर्ष गरिरहेका छन्, केहीले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूबाट बाहिर ढुवानीको लागतको कारण स्थानान्तरण गर्न असमर्थ छन् ।
उहाँले भन्नुभयो, “स्वास्थ्य सेवा तत्कालका लागि अत्यन्तै सीमित छ, जसले रोकथाम गर्न सकिने मृत्युको जोखिम बढाउँछ ।”सुडानको बन्दरगाहमा पाँच कन्टेनर इन्ट्राभेनस फ्लुइड र अन्य आपतकालीन सामग्रीहरू अधिकारीहरूको स्वीकृतिको पर्खाइमा राखिएको उहाँले बताउनुभयो ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











