मुख्यमन्त्री कार्कीद्वारा उँभौली पर्वको शुभकामना
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किराँत समुदायको महान् चाड ‘उँभौली पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्णमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज विज्ञप्ति जारी गर्दै उँभौली पर्व, प्रकृति पूजक वा धर्ती पूजक, अर्थात् नेपालका किराँत समुदायभित्रका विभिन्न जातिले मनाउने प्रसिद्ध पर्व भएको उल्लेख गर्नुभएको छ । यसको अर्को नाम ‘साकेला पर्व’ पनि हो । उँभौली पर्वलाई ऋतु परिवर्तनको सङ्केत दिने पर्वका रुपमा पनि मनाउने गरिन्छ ।
वैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म मनाइने उँभौली पर्व वसन्त ऋतुमा पर्दछ । यस पर्वको पहिलो दिन ‘चण्डी नाच’ नाच्ने चलन छ, जसमा प्रकृतिको आराधना गरिन्छ । यसरी ‘चण्डी नाच’ नाचिने पर्व भएकाले यस पर्वको पहिलो दिन ‘चण्डी पूर्णिमा’को नामले पनि परिचित छ ।
बालीनाली रोप्ने र लगाउने कार्य गर्ने यामलाई किराँतीले ‘उँभौली पर्व’ र बाली घर भित्र्याइने यामलाई ‘उद्यौली पर्व’को रुपमा मानिन्छ । यी दुवै याममा किराँत समुदायले प्रकृतिको पूजा–आजा गरी पर्व मनाउनने गर्दछन् । यस समुदायले प्रकृतिमा रहेका रहेका हरेक तत्वजस्तै भूमि, जल, अग्नि, आकाश, वायु चन्द्र, सूर्य पशुपन्छी र वनस्पतिको पूजा गर्ने गर्दछन्
“यस पूजाआजाको मूल सन्देश भनेको यी सबै तत्व प्रति आभारी रहेर बाँच्नु र सधाैँ तिनीहरुसँग कृतज्ञ रहनु नै हो । अर्थात् जगत्का हरेक प्रणाीले ‘जगत्बाट विच्छेद भएर होइन एकाकार भएर बाँच्नुपर्छ’ भन्ने महत्वपूर्ण सन्देश दिएको छ”, मुख्यमन्त्री कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मुख्यमन्त्री कार्कीले मानव र प्राकृतिसँग गोहिरो सम्बन्ध रहेको उँभौली पर्वले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहयोग र सद्भाव अभिवृद्धि गरी सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












