राजा चार्ल्स तृतीयको राज्याभिषेकअघि लन्डनका सडकमा घुइँचो
लन्डान । लन्डनमा राजा चार्ल्स तथा उनकी पत्नी क्वीन कन्सोर्ट कमिलाको राज्याभिषेकका लागि अन्तिम तयारीहरू भइरहेका छन्। त्यसअघि सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको घुइँचो लागेको छ। वेस्टमिन्स्टर एबीमा हुने समारोह र परेड हेर्ने आशामा अनुकूल स्थान सुनिश्चित गर्नका लागि मानिसहरू रातभरि दरबारबाहिर बसेका छन्।
लन्डनको वाटरलु स्टेसनमा रेलमार्फत् सशस्त्र सैन्य बलका हजारौँ सदस्य शनिवारको समारोहमा सहभागी हुन बकिङ्घम दरबारतर्फ जाँदैछन्। वेस्टमिन्स्टर एबीमा भव्य शाही समारोहको आयोजना गरिएको छ जहाँ अतिथिहरू आउने क्रम सुरु भएको छ। संसारभरिबाट विश्व नेता र राजपरिवारका सदस्यहरूसहित २ हजारभन्दा धेरैलाई समारोहका लागि निम्त्याइएको छ। मनोरञ्जन जगत्का व्यक्तिहरू समेत अतिथिका रूपमा आइरहेका छन् । यूकेका प्रधानमन्त्री ऋषि सुनकले शनिवारको दिन अभूतपूर्व राष्ट्रिय गौरवको क्षणू भएको र हाम्रो देशको आधुनिक चरित्रको जीवन्त प्रदर्शनू भएको बताएका छन्।
उनले ट्वीटमार्फत् भनेका छन् ,’ कुनै अर्को देशले यस्तो चमकदार प्रस्तुति गर्न सक्दैन। तर यो प्रदर्शनी मात्र होइन। यो हाम्रो इतिहास, संस्कृति र परम्पराको गौरवपूर्ण अभिव्यक्ति हो। योजनाबद्ध रूपमा तय गरिएको सप्ताहान्तका विशेष कार्यक्रमहरूमा सडक पार्टीहरू र आइतवार विन्डसर कासलमा हुने कन्सर्ट समेत समावेश छ। सोमवार देशव्यापी रूपमा स्वयंसेवी कार्यक्रमहरू हुँदैछन्। राजतन्त्रविरोधी प्रदर्शनहरू समेत हुनसक्ने ठानिएका छन्। – स्रोत बीबीसी
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












