राजा चार्ल्स तृतीयको राज्याभिषेकअघि लन्डनका सडकमा घुइँचो
लन्डान । लन्डनमा राजा चार्ल्स तथा उनकी पत्नी क्वीन कन्सोर्ट कमिलाको राज्याभिषेकका लागि अन्तिम तयारीहरू भइरहेका छन्। त्यसअघि सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको घुइँचो लागेको छ। वेस्टमिन्स्टर एबीमा हुने समारोह र परेड हेर्ने आशामा अनुकूल स्थान सुनिश्चित गर्नका लागि मानिसहरू रातभरि दरबारबाहिर बसेका छन्।
लन्डनको वाटरलु स्टेसनमा रेलमार्फत् सशस्त्र सैन्य बलका हजारौँ सदस्य शनिवारको समारोहमा सहभागी हुन बकिङ्घम दरबारतर्फ जाँदैछन्। वेस्टमिन्स्टर एबीमा भव्य शाही समारोहको आयोजना गरिएको छ जहाँ अतिथिहरू आउने क्रम सुरु भएको छ। संसारभरिबाट विश्व नेता र राजपरिवारका सदस्यहरूसहित २ हजारभन्दा धेरैलाई समारोहका लागि निम्त्याइएको छ। मनोरञ्जन जगत्का व्यक्तिहरू समेत अतिथिका रूपमा आइरहेका छन् । यूकेका प्रधानमन्त्री ऋषि सुनकले शनिवारको दिन अभूतपूर्व राष्ट्रिय गौरवको क्षणू भएको र हाम्रो देशको आधुनिक चरित्रको जीवन्त प्रदर्शनू भएको बताएका छन्।
उनले ट्वीटमार्फत् भनेका छन् ,’ कुनै अर्को देशले यस्तो चमकदार प्रस्तुति गर्न सक्दैन। तर यो प्रदर्शनी मात्र होइन। यो हाम्रो इतिहास, संस्कृति र परम्पराको गौरवपूर्ण अभिव्यक्ति हो। योजनाबद्ध रूपमा तय गरिएको सप्ताहान्तका विशेष कार्यक्रमहरूमा सडक पार्टीहरू र आइतवार विन्डसर कासलमा हुने कन्सर्ट समेत समावेश छ। सोमवार देशव्यापी रूपमा स्वयंसेवी कार्यक्रमहरू हुँदैछन्। राजतन्त्रविरोधी प्रदर्शनहरू समेत हुनसक्ने ठानिएका छन्। – स्रोत बीबीसी
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












