बागलुङका पत्रकारद्वय खत्री र बोहोरा पुरस्कृत
काठमाडौं । प्रेस सेन्टर नेपाल बागलुङ शाखाले आफ्नो १५औँ वार्षिक साधारणसभाका अवसरमा शनिबार जिल्लाका दुई क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ । शाखामा स्थापित ‘भक्त–जगत्कुमारी स्मृति पुरस्कार’ सामुदायिक रेडियो गलकोटका स्टेशन प्रमुख जीवनखला खत्री ‘सरिता’ र ‘श्याम–चन्द्रकली स्मृति पुरस्कार’ ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहोरालाई प्रदान गरिएको हो ।
सेन्टरका केन्द्रीय महासचिव सन्तोष पौडेल र जिल्ला शाखाका अध्यक्ष थम्मन थापाले पत्रकारद्वयलाई नगदसहित दोसल्ला र पुरस्कारको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । दुवै पुरस्काको राशि रु १० हजार रहेको छ । गलकोट–७ मल्म निवासी हर्क थापा र विकास खड्का ‘सुन्दर’ले आफ्ना दिवङ्गत बुवाआमा भक्तबहादुर÷जगकुमारी र श्यामबहादुर चन्द्रकलीको स्मृतिमा पुरस्कार कोष स्थापना गर्नुभएको थियो ।
विसं २०७८ कात्तिकमा भएको सेन्टरको पाँचौँ जिल्ला सम्मेलनमा घोषणा भएका दुवै पुरस्कार पहिलोपटक पत्रकार खत्री र बोहोरालाई समर्पण गरिएको हो । सेन्टरले निष्पक्ष, व्यावसाियक र खोजमूलक पत्रकारिता गरिरहेकामध्ये उत्कृष्ट दुई जनालाई बर्सेनि पुरस्कृत गर्ने जिल्ला शाखाका अध्यक्ष थम्मन थापाले जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












