केन्याले सोमालियासँगको सीमा ३० दिनभित्र खोल्ने
काठमाडौं । केन्या र सोमालियाले ११ वर्षदेखि बन्द रहेको आफ्नो सीमा नाका पुनः खोल्न सहमत भएका छन् । आन्तरिक र राष्ट्रिय प्रशासन मन्त्रालयका क्याबिनेट सचिव किथुरे किन्डिकीले पत्रकारहरूलाई दिएको जानकारी अनुसार मन्डेरा काउन्टीका सीमानाहरू आगामी ३० दिन भित्र खोलिनेछ ।
त्यसैगरी गारिसा काउन्टीको लिबोई र दक्षिणी सोमालियाको रास कम्बोनी अर्को ६० दिनभित्र खोलिनेछ । त्यसैगरी अन्य नाकाहरी पनि क्रमशः खोलिनेछ ।
सोमालियाका आन्तरिक सुरक्षा मन्त्री मोहम्मद अहमद शेख अलीसँग द्विपक्षीय वार्ता गरेपछि किन्डिकीले भन्नु भएको छ-‘हामी सोमालियामा प्रवेश गर्ने अर्को सीमाना खोल्ने सम्भावनालाई पनि पुनर्विचार गर्ने प्रक्रियामा छौं।’
केन्याले सन् २०१२ मा अल-शबाब आतङ्कवादी समूहबाट बढेको आतङ्ककारी हमलापछि सोमालियासँगको आफ्नो सीमा बन्द गरेको थियो । जनताको आवतजावतलाई सहज बनाउन र वस्तु तथा सेवाको व्यापार बढाउन दुवै देशबीच साझा सीमा पुनः खोल्ने सहमति भएको अलीले बताउँनु भएको छ । साझा सिमानाका आसपासका समुदायले भोग्नुपरेको चुनौती एउटै देशले सम्बोधन गर्न नसक्ने गरी जटिल रहेको पनि उहाँले बताउनु भएको छ । ।
Comments
अरु समाचार
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...











