पिताको पुन्यतिथिमा राहुलद्वारा भावपूर्ण श्रद्धाञ्जली
काठमाडौं । काङ्ग्रेस नेता राहुल गान्धीले आफ्ना दिवङ्गत पिताको पुण्यतिथिमा भावुक हुँदै श्रद्धाञ्जलीका शब्द लेख्नुभएको छ । पूर्वप्रधानमन्त्री राजीव गान्धीको ३२ औँ पुण्यतिथिमा उहाँका सुपुत्र राहुलले पिताजीलाई सम्झदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
‘बाबा, तपाईं सधैँ मेरो सम्झनामा हुनुहुन्छ, मेरो साथमा प्रेरणाको रूपमा हुनुहुन्छ,’ राहुल गान्धीले हिन्दीमा ट्वीट गर्दै लेख्नुभएको छ । साथै उहाँले आफ्नो पिताको जीवनकालका विभिन्न क्षणका भिडियो पनि सार्वजनिक गर्नुभएको छ ।
त्यसअघि राहुल गान्धी र उहाँकी बहिनी प्रियङ्का गान्धी वाड्राले राष्ट्रिय राजधानीको वीर भूमिमा पूर्वप्रधानमन्त्री राजीव गान्धीप्रति उहाँको ३२ औँ पुण्यतिथिमा पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । काङ्ग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धी र पार्टी अध्यक्ष मल्लिकार्जुन खर्गेले पनि पूर्वप्रधानमन्त्री राजीव गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
राजीव गान्धीले आफ्नी आमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि सन् १९८४ मा काङ्ग्रेसको नेतृत्व सम्हाल्नु भएको थियो । अक्टोबर १९८४ मा ४० वर्षको उमेरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेर उहाँ भारतको सबैभन्दा कान्छो प्रधानमन्त्री बन्नुभएको थियो । उहाँले डिसेम्बर २ १९८९ सम्म प्रधानमन्त्रीका रुपमा भारतको सेवा गर्नुभएको थियो ।
सन् १९४४ को अगस्ट २० मा जन्मनुभएका राजीव गान्धीलाई मे २१, १९९१ मा तमिलनाडुको श्रीपेरुम्बदुरमा चुनावी ¥यालीमा लिबरेशन टाइगर्स अफ तमिल इलम (लिट्टे) की एक किशोरीले आत्मघाती बम हमलामा मारेकी थिइन् । उक्त आक्रमणमा नेता गान्धीसहित १४ जनाको ज्यान गएको थियो भने ४३ जना गम्भीर घाइते भएका थिए ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












