सर्वोच्चमा मुद्दा परेपछि रविको प्रतिक्रिया– घण्टीलाई बजाउन मात्र हैन, घण्टीले बजाउन पनि मिल्छ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकताको विषयलाई लिएर आफूलाई दिक्क बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको बताउँदै रविले यस कुराले आफूलाई गिजोल्ने र इरिटेट बनाउने काम भइरहेको बताएका हुन्।
रवि लामिछानेले माघ १५ गते पुन: प्राप्ति गरेको नेपाली नागरिकताको वैधतामाथि परीक्षण हुने भन्ने कुाराको खण्डन गर्दै उनले यस्तो बताएका हुन्।
सभापति लामिछानेले पुन:प्राप्ति गरेको नेपाली नागरिकता पनि अवैध रहेको दाबी गर्दै युवराज पौडेल ‘सफल’ले सर्वोच्चमा रिट निवेदन दिए पनि प्रशासनले दरपीठ गरेको थियो।
दरपीठविरुद्ध सफलले इजलासमा दिएको निवेदनमाथि सुनुवाइ गर्दै सोमबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो।
युवराजले लामिछानेले नागरिकता पुन:प्राप्ति गर्दा अवलम्बन गर्नुपर्ने कानुनी प्रक्रिया पूरा नगरेको जिकिर आफ्नो निवेदनमा गरेका छन्।
रविले आज सामाजिक सञ्जालमार्फत् आफूलाई इरिटेड बनाउनेहरूमाथि जाइलाग्ने खालको संकेत पनि देखाएका छन्।
‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्। मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ’, सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ।’
उनले आफूले नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसला अनुरूप अमेरिकी नागरिकता त्यागेको पुष्टि गरेको बताएका छन्। साथै, आफूले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौँमा पेस गरी नेपाली नागरिकता पुन:कायम गरेको बताउँदै यस विषयमा जोडेर धेरैँ इरिटेड नबनाउन आग्रहसमेत गरेका छन्।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












