पशुपतिको जलहरीबारे जवाफ मैले होइन केपी ओलीले दिनुपर्छः सांसद दाहाल
काठमाडाैँ । शुक्रबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा सांसदले बोल्ने र त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची थियो।
तर, संसद् नियमित कार्यसूचीमा प्रवेश नै गर्न पाएन
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले बैठक सुरू हुनासाथ नाराबाजी गरे। वेल घेर्न थाले।
विरोधको कारण थियो, पशुपतिमा लगाइएको सुनको जलहरी।
दुई वर्षअघि नै जलहरीमा तोकिएको मापदण्डभन्दा कम सुन भएको भन्दै महालेखाले प्रश्न उठाएको थियो।
त्यसैलाई टिपेर सिन्धुली २ बाट निर्वाचित माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन)ले बुधबारको संसद् बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पशुपतिमा पित्तलको जल्हरी हालिएको बताएका थिए।
‘गएको तीन वर्ष सरकारमा जाँदा ७ खर्ब ऋण थियो, १७ खर्ब कसरी पुग्यो? सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्नुभयो, तर उहाँ सरकारमा बस्दा कति भ्रष्टाचारको काण्ड भए? यति ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्री खरिद्मा गरेको २ अर्बको भ्रष्टाचार, त्यतिमात्र होइन, पशुपतिनाथमा सुनको जल्हरी लगाउँदा पनि सुन लगाउने भनेर पित्तल लगाइदिएको गरेका भ्रष्टाचारहरू सयौँ यस्ता काण्ड छन्,’ उनले भनेका थिए।
एमालेले दाहालको भनाइअसंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरेको। उसले दूधको दूध पानीको पानी छुट्टयाउनुपर्ने भन्दै विषय नटुंगिँदासम्म सदन चल्न नदिने बताइरहँदा सांसद दाहाल भने आफ्नो भनाइप्रति अडिग छन्।
‘१० किलो सुन घटी भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ, त्यसबेला के भएको हो भनेर केपी ओलीले जवाफ दिनुपर्छ,’ उनले भने, ‘मैले त्यतिबेला आएका विषय नै उठाएको हुँ।’
उनले यस विषयलाई संसदीय छानबिन समिति बनाएर निरूपण गरिनुपर्ने बताए।
‘केपी ओली मौजुदा सरकारलाई जसरी लाञ्छित गर्ने कोसिस गरिरहनु भएको छ। भ्रष्टाचार आफ्नो पालामा हुने, सबैले देखेका छन् नि, यति, ओम्नी काण्ड, स्वास्थ्य सामग्री खरिद्मा भएको घोटाला, गोकर्ण रिसोर्ट कसको पालामा दिइयो? यो तथ्य ओझेलमा पार्न उहाँहरू अनेक हर्कत गर्दै हुनुहुन्छ,’ उनले भने।
उनले नीति कार्यक्रममाथिको छलफललाई अन्यत्र मोड्न असंसदीय गतिविधि गरेको बताए।
‘मैले यसअघि आइसकेकै विषय भनेको हुँ। मैले संसदीय मर्यादाभित्रै रहेर आफ्नो कुरा राखेको हुँ,’ उनले भने, ‘तर, एमाले आज जसरी उत्तेजित भएर संसदीय मूल्य-मर्यादा नाघिरहनु भएको छ, यसले घाटा उहाँहरूलाई नै हुने हो।’
प्रतिनिधि सभा बैठक अझै पनि सुरू हुन सकेको छैन।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











