संसदको संयुक्त बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण आजै पेस गर्ने
काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक बस्दै छ।
संसद् भवन नयाँ बानेश्वरमा आइतबार बिहान ११ बजे बस्ने संयुक्त बैठकमा ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समिति’ को प्रतिवेदनमाथि दफावार छलफल र पारित हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
संघीय संसदका महासचिव भरतराज गौतमकाअनुसार उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि समिति सभापति प्रधानले उक्त नियमावली पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकोछ।
यही जेठ १ गते प्रतिनिधिसभाको बैठकले १६ सदस्यीय ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली संशोधन मस्यौदा समिति’ गरेको थियो।
यस्तै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आज संसदमा आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण पेस गर्दै छन्। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिँउसो १ बजे बोलाइएको छ।
सरकारले संसदमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गर्नु अघिल्लो दिन आज आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको हो।
प्रत्येक वर्षको जेठ १५ गते सरकारले बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री डाक्टर महतले भोलि संघीय संसदको संयुक्त बैठकमा बजेट पेस गर्दै छन्।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












