मन्त्रिपरिषद्को निर्णयः योजना आयोगको सदस्य नियुक्त
रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा लमजुङकी अनिता दुलाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एंव सरकारका प्रवक्ता रेखा शर्माले उक्त जानकारी दिइन् ।
त्यस्तै, उनका अनुसार क्यानडामा आगामी भदौ ५ देखि ९ गतेसम्म आयोजना हुने विश्व वातावरणको सातौँ सभाको सम्बन्धित बैठकमा अर्थमन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरिएको छ ।
सिन्धुलीमाढी भूमिस्थान चकमके उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ ।
वन तथा वातावरण मन्त्रालयको मध्यतमोर जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वनक्षेत्रको प्रयोग गर्न र सो जग्गामा रहेको रुख हटाउन स्वीकृति दिने निर्णय गरिएको छ ।
गणतन्त्र दिवसका सन्दर्भममा केही कैदीको बाँकी सजाय र केही कैदीको आममाफी दिने निर्णय भएको मन्त्री शर्माले बताइन् ।
त्यसमा विशेषगरी रेशम चौधरीको निवेदनका आधारमा राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने निर्णय भएको उनले जानकारी दिइन् । कानुनअनुसार र उक्त निर्णय गरिएको मन्त्री शर्माको भनाइ छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












