अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइयो
काठमाडौं । आज १६औँ अन्तरर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।
सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा दिवस मनाइएको हो । दिवससँगै सगरमाथामा आरोहणको ७०औँ वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ पनि मनाइएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले जनाएको छ ।
सोह्रौँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रममा सगरमाथा आरोहीलाई सम्मान गरिएको थियो । नेपाल पर्वतारोहण सङ्घको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटनसँग आबद्ध संस्थाहरुको समन्वयमा भएको कार्यक्रममा आरोहिलाई सम्मान गरिएको हो । सो अवसरमा एकसय सगरमाथा आरोहीलाई सगरमाथाको विशेष लोगो ‘सगरमाथा स्पेसल ब्याच’ प्रदान गरिएको थियो । कूल २८ पटक सगरमाथाको सफल आरोहण गरे विश्वकीर्तिमान कायम गर्ने कामीरिता शेर्पा, विश्वका १४ वटा अग्ला हिमाल दुई पटक आरोहण गर्ने कीर्तिमानी आरोही सानु शेर्पालगायत अन्य स्वदेशी तथा विदेशी आरोहीलाई लोगो प्रदान गरिएको हो ।
त्यसैगरी, कीर्तिमानी आरोही सानु शेर्पा, सगरमाथा नेशनल अवार्ड तथा सगरमाथाको २७ पटक आरोहण गर्ने पासाङ दावा शेर्पा, किशोर अधिकारी र पासाङ शेर्पालाई तेन्जिङ हिलारी अवार्ड प्रदान गरिएको थियो । पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले आरोहीलाई अवार्ड वितरण गर्नुभएको थियो । सोही अवसरमा पर्यटन राज्यमन्त्री ठकुरीले ‘नेपाल पर्वत’ नामक स्मारिका विमोचन गर्नुभएको थियो । कार्यक्रममा वसन्त ऋतुमा सगरमाथा आरोहणमा ‘रोप फिक्सिङ टिम’ डोरी टाग्ने समूह र उत्कृष्ट कम्पनीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
सो अवसरमा पर्यटन राज्यमन्त्री ठकुरीले सगरमाथा आरोहीलाई आरोहण ब्याच वितरण गरेर आरोहीप्रति सम्मान प्रकट भएको बताउनुभयो । उहाँले पर्यटन उद्योगमा हिमालको महत्वपूर्ण भूमिका रहेको भन्दै हिमाल आरोहणलाई अझै व्यवस्थित र सुरक्षित बनाउनका लागि सगरमाथा बेस क्याम्पमा आधारभूत सुविधाको व्यवस्थापन, सडक, सञ्चार एवम् आपत्कालीन स्वास्थ्य उपचार लगायतका आधारभूत सुविधाहरु व्यवस्थित गरिनुपर्नेमा जोड दिनुभयो ।
पर्यटन विभागको तथ्याङ्कअनुसार अहिलेसम्म सात हजार आठ सय ५० भन्दा धेरैले सगरमाथा आरोहण गरिसकेका छन् । विश्वका १४ अग्ला हिमालमध्ये विश्वको सर्वोच्च हिमाल सगरमाथासहित आठवटा हिमाल नेपालमा रहेका छन् । पर्यटन राज्यमन्त्री ठकुरीले स्वदेशी र विदेशी पर्वतारोहीहरुको मागलाई ध्यानमा क्रमशः नयाँ हिमाल आरोहणका लागि खोल्दै गएको र यस वर्ष सिन्धुपाल्चोकको जुगल हिम शृङ्खला अन्तर्गतका पाँचवटा हिमाल आरोहणका लागि खुला गरिएको जानकारी दिनुभयो ।
अर्थतन्त्रलाई टेवा दिन र पर्वतारोहण व्यवसायलाई व्यवस्थित पार्नसमेत मन्त्रालय लागेको उहाँको भनाइ छ । पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले आठ हजार मिटर अग्लो हिमालका आरोहीको प्रोत्साहनका लागि सरकारले विशेष सम्मान कार्यक्रम आयोजना गर्ने जानकारी दिनुभयो ।
पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मुलुकको पर्वतारोहणलाई व्यवस्थित रुपमा सञ्चालनका लागि सबै संयन्त्रलाई सक्रिय रुपमा परिचालन गरिएको बताउनुभयो ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पर्वतीय पर्यटन प्रवद्र्धन र दक्ष जनशक्ति उत्पादनमा संस्थाले भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० का अध्यक्ष नीलहरि बास्तोला, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपालको दिगो पर्वतीय पर्यटन विकास र प्रवर्द्धनमा जोड दिनुभयो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












