विश्व बैंकको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने
काठमाडौँ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
दक्षिण एसियाली मुलुकको आर्थिक स्थिति सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको हो ।
यसअघि, नेपाल सरकारले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । तर, नेपाल सरकारको प्रक्षेपणको तुलनामा विश्व बैंकले आर्थिक वर्ष २०२२–२३ मा झण्डै दोब्बर बढीले आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो ।
यस्तै, आगामी आर्थिक वर्ष २०२३–२४ मा ४.९ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । यसका साथै, आर्थिक वर्ष २०२४–२५ मा नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत रहने समेत विश्व बैंकको प्रक्षेपण छ ।
विश्व बैंकका अनुसार चीनको कमजोर आर्थिक वृद्धिदर र रुस–युक्रेन युद्धको असर दक्षिण एसियाली मुलुकमा परेको छ । यस्तै, कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र बचाउनभन्दै नियामकले लिएको कडाइ नीतिले समेत आर्थिक वृद्धिदर प्रभावित बन्ने र अर्थतन्त्र समेत प्रभावित बनेको विश्व बैंकले बताएको छ । यसका साथै, बङ्गलादेशको ऊर्जा संकट र पाकिस्तानमा आएको भीषण बाढीले समेत दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्रमा समस्या आइपरेको विश्व बैंकले बताएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












